मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

तामाङ संघ समाजवादीको अध्यक्षमा लाप्साङ तामाङ

Thearaniko Times 1398+ समाचार ( )
८ श्रावण २०७९, आइतबार

काठमाडौ/नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टीको मूल ध्येय भनेको नै नेपाली समाजको सही विश्लेषण गर्नु रहेको बताउनु भएको छ ।

शनिबार पार्टी कार्यालय आलोकनगरमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जातीय धार्मिक भाषा धर्म संस्कार र संस्कृतिका धनी हामी नेपालीहरुले सबैलाई संयोजन गरेर एउटै मालामा उन्नु जरुरी रहेको बताउनु भयो ।

यी हाम्रा धर्म संस्कृति संस्कारको संरक्षण गर्नु हामी सबैको दायित्व भएको भन्दै नेपालको संविधानले समेत सबै जात जाति वर्ग र क्षेत्रको पहिचानलाई  सम्बोधन गरेको बताउनु भयो ।

उहाँले तामाङ समुदायको आफ्नै धर्म संस्कार र संस्कृति भएको भन्दै नेपाली इतिहासमा तामाङ समुदायको भूमिका उल्लेख्य भएको बताउनु भयो । उहाँले आफ्नै कार्यकालमा तामाङ,मधेसी र महिलालाई नेपाली सेनामा सहभागि गराउने कार्य भएको समेत बताउनु भयो । 

नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटक संगठन नेपाल तामाङ संघ समाजवादीको अध्यक्षमा लाप्साङ तामाङ चयन हुनु भएको छ । 

शनिबार नेकपा(एकीकृत समाजवावदी) को केन्द्रीय कार्यालयमा भएको भेलाले तामाङको अध्यक्षतामा ७७ सदश्यीय केन्द्रीय कमिटीको समेत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामदेवी तामाङ, इमान गोले, सरिता पाख्रिन र गौतम बुद्ध लामा चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा किरण मोक्तान चयन हुनुभयो भने रेशम तामाङ, कुन्साङ तामाङ, डेनो थिङ र लोकबहादुर तामाङ सचिवमा चयन हुनुभयो ।  कोषाध्यक्षमा टिकलाल तामाङ र सहकोषाध्यक्षमा संगीता मोक्तान, उपेन्द्र तामाङ, तारा तामाङ र मिलन तामाङ चयन हुनुभयो । 

कार्यक्रममा काभ्रे तेमाल गाउँपालिकाका आयुष तामाङ,रोशि ३ काभ्रेका दोर्जे थोकर तामाङ,कुमार लो तामाङ,रिना लोप्चन तामाङ,नमोवुध्द ६का राजुमान तामाङ,खाँडादेवि ७ का कान्छाराम तामाङ, दोरम्वा २ का अर्थमान तामाङ लगायत दुई दर्जन कार्यकर्ता नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नुभयो । 
भेलाले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने निर्णय गरेको छ । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा सम्माननीय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार