मुख्य समाचार
खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" |
मुख्य समाचार
खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" |

स्थानीय तह
खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना

Thearaniko Times 1404+ समाचार ( )
१२ कार्तिक २०८३, बुधवार

सागर जिम्बा तामाङ

 ​आदरणीय खानीखोलावासी आमा बुबा, दिदीबहिनी, दाजुभाइहरू तथा जेन्जि भाइ बहिनीहरु

​नमस्कार, ल्हास्सो, झोर्ले, छ्याज्यालो !

​आज हामी विकासको नयाँ बहस र अभ्यासको मोडमा उभिएका छौँ । हाम्रा लागि विकास भनेको सडक, बाटोघाटो र कङ्क्रिटका भवनहरू निर्माण हुनु मात्र होइन । वास्तविक विकास तब मात्र सम्भव हुन्छ, जब खानीखोलाका प्रत्येक घरपरिवारको जीवनस्तर उकासिन्छ, चुल्हो बल्छ र युवाहरूले आफ्नै गाउँमा सम्मानजनक रोजगारी पाउँछन ।

​हाम्रो खानीखोला प्रकृतिको वरदान हो । यहाँका पाखा-पखेरा, खेत-बारी र जंगलमा अमूल्य कच्चा पदार्थहरू त्यसै खेर गइरहेका छन । विदेशी वस्तुको भर पर्नुको साटो हाम्रै माटोमा उपलब्ध कच्चा पदार्थको सदुपयोग गरी साना तथा घरेलु उद्योगमार्फत खानीखोलालाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने मेरो मुख्य योजना रहेको छ ।

​यसका लागि स्थानीय सरकारले अनुदान, सहुलियतपूर्ण कर्जा र उत्पादित सामानको बजार व्यवस्थापनको पूर्ण ग्यारेन्टी गर्नु पर्नेछ । तामाङ बोम्बोहरुमा एउटा समस्या छ तन्त्र मन्त्र सबै अरुलाई सिकाउनु हुदैन । यहि कारण आज बोम्बोहरुको ज्ञान विद्या कमजोर हुँदै लोप हुँदै गएको छ त्यस्तै नेपालीहरुको एउटा नकरात्मक बानी छ आफ्ना परिकल्पना भिजन अरुलाई सुनाउनु हुँदैन भन्ने । आफ्ना गाउठाउलाई राम्रो हुने कुनै योजना छ भने त्यो सबैमा शेयर गर्नुपर्छ । आफू नेतृत्वमा पुगे पछि मात्र गर्ने सोच त्याग्नुपर्छ नेतृत्वमा जो पुगेपनि आफ्ना परिकल्पना जसले पूरा गरे पनि त्यो समाजको लागि हो फाईदा सबैलाई हुने हो । यहि बिषयलाई मनन गर्दै 

​खानीखोलामा स्थापना गर्न सकिने सम्भावित २० घरेलु उद्योगहरूको सुचि यहाँ प्रस्तुत गरिएको छ । 

सम्भावित २० घरेलु उद्योगहरु:

​१. मकैको खोष्टाबाट चकटी तथा सुकुल उद्योग: 

मकै भाँचेपछि खेर जाने खोष्टाबाट आधुनिक तथा परम्परागत चकटी र सुकुल बनाएर आम्दानीको स्रोत बनाइनु पर्दछ ।

२. बाँस र निङ्गालो सामग्री उद्योग: 

स्थानीय बाँस र निगालोबाट ढक्की, नाङ्लो, डोको लगायतका आधुनिक सजावटका सामग्री उत्पादन गरिनु पर्दछ ।

३. तितेपाती र वनमाराको तेल उत्पादन उद्योग: जंगलमा झाडी बनेका तितेपाती र वनमारालाई संकलन गरी प्रशोधनमार्फत बहुमूल्य सुगन्धित तथा औषधीय तेल उत्पादन गरिनु पर्दछ ।

४. कोदोको स्थानीय रक्सी (तीनपाने) तथा छ्याङ ब्राण्डिङ उद्योग: 

आदिबासी जनजाति आमा दिदी बहिनीहरुले परम्परागत रूपमा बनाइने तीनपाने रक्सी र छ्याङलाई गुणस्तर मापन गरी खानीखोलाको पहिचानसहित ब्राण्डिङ र प्याकेजिङ गरेर वैधानिक बजारमा पुर्‍याइनु पर्दछ ।

५. रैथाने खाद्यान्न (फापर, मकै, कोदो) पिठो उद्योग: हाम्रो अर्ग्यानिक फापर, मकै र कोदोको पिठोलाई आधुनिक रूपमा प्याकेजिङ गरी सहरका सुपरमार्केटहरूसम्म पुर्‍याइनु पर्दछ ।

६. व्यावसायिक मह उत्पादन उद्योग: 

मौरीपालनलाई प्रोत्साहन गर्दै शुद्ध र गुणस्तरीय मह प्रशोधन तथा बिक्री-वितरण गरिनु पर्दछ ।

७. स्थानीय फलफूल (ऐसेलु, मछिना, लालीगुराँस) को जुस तथा वाइन् उद्योग: 

जङ्गल र पाखामा पाक्ने ऐसुलु, मछिना र लालीगुराँसको प्रशोधन गरी प्राकृतिक जुस तथा वाइन निर्माण गरिनु पर्दछ ।

८. सालको पातको दुना-टपरी उद्योग:

 पूजाआजा तथा सभा-समारोहमा प्लास्टिकका सामान विस्थापन गर्न सालको पातबाट आधुनिक मेसिनमार्फत दुना-टपरी बनाइनु पर्दछ ।

९. चिउरीको घिउ उत्पादन उद्योग: 

बहु उपयोगी चिउरीबाट प्राकृतिक र स्वास्थ्यवर्धक घिउ उत्पादन गरी बिक्री गरिनु पर्दछ ।

१०. मोही तथा दही उत्पादन उद्योग: 

पशुपालनलाई प्रवर्द्धन गर्दै दुग्धजन्य पदार्थ (विशेष गरी मोही र दही) को व्यावसायिक उत्पादन प्याकेजिङ र आपूर्ति गरिनु पर्दछ ।

११. कफी प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ उद्योग: खानीखोलाको कफीलाई आफ्नै ब्राण्डमा प्रशोधन र प्याकेजिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइनु पर्दछ ।

१२. अदुवाको धुलो/पिठो उद्योग: 

स्थानीयस्तरमा उत्पादन हुने अदुवाको प्रसोधन गरी सुठो, धुलो (Ginger Powder) बनाएर बजारमा पुर्याईनु पर्दछ ।

१३. राँगा र सुँगुर/बुँगुरको सुकुटी उद्योग: 

स्थानीय मासुजन्य उत्पादनलाई व्यवस्थित र स्वच्छ तरिकाले सुकुटी बनाई ब्राण्डिङ र प्याकेजिङ गरिनु पर्दछ ।

१४. बाँसको तामा बनाउने उद्योग: 

स्थानीयस्तरमा पाइने बाँसका मुना (तामा) संकलन गरी त्यसलाई प्रशोधन, बट्टाबन्दी तथा प्याकेजिङ गर्ने उद्योग सञ्चालन गरिनु पर्दछ ।

१५. जडिबुटी उद्योग: 

खानीखोलाका जङ्गल तथा पाखामा पाइने बहुमूल्य जडिबुटीहरूको पहिचान, संकलन र प्रशोधन गर्ने उद्योग स्थापना गरिनु पर्दछ ।

१६. लोकल माछा पालन तथा प्रशोधन उद्योग: स्थानीय नदी तथा खोलाका पानीलाई उपयोग गरी व्यावसायिक रूपमा लोकल माछा पालन गरि आलो वा सुकाएर प्याकेजिङ गरिनु पर्दछ ।

१७. खुवाबाट पुष्टकारी तथा चकलेट उद्योग: 

स्थानीय दूधबाट बन्ने खुवाको प्रयोग गरी खानीखोलामै स्वादिष्ट पुष्टकारी र चकलेट उत्पादन तथा आकर्षक प्याकेजिङ गर्ने उद्योग खोलिनु पर्दछ ।

१८. खानीखोलाको ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन उद्योग: 

स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत (ढुङ्गा, गिट्टी र बालुवा) लाई वैज्ञानिक र व्यवस्थित रूपमा प्रशोधन गरी निर्माण कार्यका लागि आपूर्ति र बजारीकरण गर्ने उद्योग खोलिनु पर्दछ ।

१९. खानीखोलाको कमेरो माटो प्रशोधन उद्योग: स्थानीय स्तरमा पाइने कमेरो माटोलाई आधुनिक प्रविधिमार्फत प्रशोधन, शुद्धीकरण र गुणस्तरीय प्याकेजिङ गरी घर पोत्न, निर्माण तथा विभिन्न प्रयोजनका लागि बजारीकरण गर्ने उद्योग खोलिनु पर्दछ ।

२०. कलाकृति बनाउने अग्राखको काष्ठ उद्योग: खानीखोलाको तल्लो भुभागमा पाईने स्थानिय अग्राख(साल) को  काठ प्रयोग गरी विभिन्न प्रकारका हस्तकला, काष्ठकलाका आकर्षक वस्तुहरू, मूर्ति तथा कलात्मक सामग्रीहरू उत्पादन, डिजाइन र बजारीकरण गर्ने उद्योग खोलिनु पर्दछ ।

यस कार्यको लागि सरकारले निम्न ३ वटा प्रतिबद्दता गरिनुपर्दछ ।

१. ​प्रविधि र तालिम:

उद्योग सञ्चालनका लागि आवश्यक तालिम र आधुनिक मेसिनरी उपलब्ध गराइनु पर्दछ ।

२.​अनुदान र कर्जा: 

उद्यम गर्न चाहने युवा, महिला र किसानहरूलाई सरकारी अनुदान र बिनाधितो वा सहुलियतपूर्ण ब्याजदरमा कर्जाको व्यवस्था मिलाइनु पर्दछ ।

३.​बजारको ग्यारेन्टी: 

खानीखोलाको नागरिकहरुले उत्पादन गर्नुभएका सामानको बिक्रीका लागि बजार व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारले लिनुपर्दछ ।

​आउनुहोस्, हाम्रा पाखा-पखेरा र खेतबारीका उपजलाई धनमा बदलौँ । खानीखोलालाई आत्मनिर्भर, समृद्ध र रोजगारयुक्त गाउँ बनाउने यो अभियानमा हातमा हात मिलाऔँ ।

​धन्यवाद !

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार