मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

लैंगिक हिंसा, छुवाछुतको अन्त गर्न प्रहरीलाई निर्देशन

Thearaniko Times 1369+ समाचार ( )
१७ माघ २०७८, सोमबार

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विभिन्न मातहतमा रहेका प्रहरी ईकाइहरुको जिल्ला प्रशासन कार्यालय काभ्रेका कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट प्रहरी ईकाइहरु प्रहरी चौकी कानपुर र पोखरीनारायणस्थान काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण भ्रमण गर्नुभयो । 

 स्थलगत निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मातहत प्रहरी ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई विश्वव्यापी महामारीको रुपमा रहेको ऋइख्क्ष्म्(ज्ञढ को यस बिषम परिस्थितिमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउन निर्देशन दिनुभयो । प्रजिअ पाण्डेले प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठापुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुन समेत निर्देशन दिनुभयो ।

 अनुगमन तथा निरीक्षणका क्रममा प्रहरी उपरीक्षक चक्रराज जोशीले समग्र जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितिलाई सुदृढ गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ–आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही नगर्न र स्थानिय सरकारसँगको सहयोग र सहकार्यमा समाजले प्रत्यक्ष अनुभुती गर्ने खालको नागरिक मैत्री सेवा प्रदान गरी, राज्यमा कानूनी शासनको अनुभुति दिन निर्देशन दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार