मुख्य समाचार
बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण | यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा |

समाज/राजनीति
बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

Thearaniko Times 1406+ समाचार ( )
१६ कार्तिक २०८३, आइतबार

काभ्रे । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बेथानचोक गाउँपालिका–४ का सात घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन राहत सामग्री वितरण गरेको छ।

गत कार्तिक १३ र १४ गते परेको लगातारको वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा र चलाल गणेशस्थान उपशाखाको संयुक्त पहलमा राहत उपलब्ध गराइएको हो।

प्रभावित परिवारलाई विपद्को तत्कालीन अवस्थामा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको जनाइएको छ। राहत वितरण कार्यक्रममा जिल्ला शाखाका मन्त्री राजु सिग्देल र कोषाध्यक्ष प्रेम तामाङ सहभागी थिए।

चलाल गणेशस्थान उपशाखाका सभापति डिगमान लामाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु रेडक्रसको मानवीय दायित्व भएको बताए। उनले विपत्तिमा परेका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउँदै रेडक्रसले विपद् व्यवस्थापनमा मानवीय सहयोग र सामुदायिक सहकार्यको भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार