मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

स्थानीय चुनाबमा देशैभरी पार्टीले उपस्थिति जनाउँछ-अध्यक्ष माधव नेपाल

Thearaniko Times 1402+ समाचार ( )
११ वैशाख २०७९, आइतबार

 काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  नेकपा स्थापना दिवसका अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  एकपछि अर्को गर्दै ओलीको पार्टीका मानिसहरु धमाधम नेकपा एकीकृत समाजबादी  पार्टीमा प्रवेश गरेकाले ओलीको कुर्सीको खुट्टा भाँच्चिएको बताउनु भएको छ  ।  पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

      कार्यक्रममा  राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, जिफन्टका नेता माधव पाण्डे ,भक्तपुर एमालेका नेता तथा सहकारीकर्मी उद्दव प्रसाद चौलागाईं लगायत एमाले कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह रहेको बताउनुभएको छ ।

     केपी ओलीको व्यक्तिवाद र अहंकार प्रवृत्तिका अगाडी इमान्दार र असल मानिसहरु बस्नै नसक्ने र ओली प्रवृत्तिका कारण एमालेकै भविष्य सकिएको बताउनुभएको छ। 

यता महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँडमा  उत्साह थियो, यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन । उहाँले भन्नुभयो । 

देशैभरी पार्टीको सञ्जाल  संगठन भएको कारण  पार्टीले न्यूनतम रुपमा पनि उपस्थिति जनाउनुपर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार