मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नेपाल शिक्षक संघ काभ्रेमा शम्भुको नेतृत्व सर्वसम्मत

Thearaniko Times 1398+ समाचार ( )
४ चैत्र २०७९, शनिबार

काभ्रेपलाञ्चोक/ नेपाल शिक्षक संघ काभ्रेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधी समेत सर्वसम्मत भएको हो ।

समितिकोको उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महेश्वरी थापा, सहसचिव (समावेशी) मा रामप्रसाद चौलागाई र नवराज लामा निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा दिनानाथ ढुंगाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सिता कंडेल,पुर्णदास श्रेष्ठ निर्विरोध भए । संघीय प्रतिनिधीमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हिराबहादुर लामा, गोविन्द शर्मा,  सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना र प्रदेश प्रतिनिधीमा ध्रुवप्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुंगाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद भट्टराईले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ती र संरक्षणमा शिक्षकको योगदान, कर्तव्य र जिम्मेवारी विशिष्ठ भएको तर्क गरे । उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन योगदान गर्न शिक्षकहरुलाई अनुरोध गरे । प्रतिनिधी सभा सदस्य समेत रहेका उनले संघीय शिक्षा ऐन तदारुकताका अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सभा सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले संघीय शिक्षा ऐन बनाउनको लागि पार्टी र आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, संघीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, काग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाई, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, उपाध्यक्ष रुपा थापा लगायतले लोकतान्त्रिक व्यवस्थाका लागि शिक्षकको भुमिकाको चर्चा गर्दै कांग्रेस सरकारका पालामा मात्रै शिक्षक हकहितका विषय सम्बोधन भएको तर्क गरे ।

कार्यक्रममा शिक्षक संघ काभ्रेको संगठनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार