मुख्य समाचार
बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित |

समाज
`हिम्मतिला’ ३ छोरीले बाबुको किरिया गरे, श्रीमानको दर्विलो साथ

Thearaniko Times 1377+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काभ्रे, पनौती — बाबुआमाको निधनपछि छोरा, नाति वा दाजुभाइले मात्र दागबत्ती र किरिया गर्नुपर्ने पुरानो ‘पीतृसत्तात्मक’ सोचलाई चूनौती दिदैँ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१, रयालेकी तीन छोरीले आफ्नै बाबुको किरिया गरेका छन्।

९१ वर्षको उमेरमा निधन भएका हरिप्रसाद सापकोटाका छोरीहरू विमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटाले हिन्दू संस्कार अनुसार किरिया बस्दै दाहसंस्कार सम्पन्न गरे। स्वास्थ्य कारणले जेठी सुन्तली र माइली कमला भने किरियामा सहभागी हुन सकेनन्।

यो कदमले गाउँ–समाज मात्र होइन, समग्र देशभरि नै बहस सुरु गराएको छ।

“अधिकार र न्यानो सम्बन्धमा कुनै लिङ्गभेद हुनु हुँदैन,”—विमला सापकोटा

“बुबाले सधैं विभेदविरुद्ध लड्न सिकाउनुभयो, आज हामी त्यही बाटोमा छौँ,”—राधिका सापकोटा

किरिया बस्ने निर्णयपछि उनीहरूलाई नजिकका केही दाजुभाइ र गाउँका केही समूहले असहयोग मात्र गरेनन्, सामाजिक बहिष्कारको घोषणा समेत गरे। सापकोटा परिवारका पुरोहितले पनि समाजको डरले किरिया गराउन अस्वीकार गरेपछि अर्का पुरोहितलाई बोलाएर संस्कार सम्पन्न गरिएको हो।

विमलाले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै, “हामी बहिष्कार हुन तयार छौं, तर कानुन र संविधान विपरीतका कार्य मान्य छैनन्” भन्दै चेतावनी दिइन्।

विमला एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष र बनेपा नगरपालिकाकी उप–प्रमुख हुन्। निर्मला बुद्धिजीवी परिषद् काभ्रेका कोषाध्यक्ष र पेशाले शिक्षक हुन्। राधिका एमाले धादिङ जिल्ला सचिव र धादिङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष हुन्।

हिन्दू परम्परामा श्रीमानले बाबु–आमाको किरिया नगर्ने चलन छ, तर यी छोरीहरूको कदमलाई उनका श्रीमानहरूले खुलेर समर्थन गरे। निर्मलाका श्रीमान् नवराज भुर्तेल (एमाले राजनीतिमा सक्रिय) र राधिकाका श्रीमान् सिताराम अधिकारी (नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष) ले सामाजिक सञ्जालमार्फत उनको साहसको प्रशंसा गर्दै साथमा रहेको बताएका छन्।

यो घटना केवल व्यक्तिगत साहसको कथा होइन, लैङ्गिक समानताको लडाइँको प्रत्यक्ष प्रदर्शन हो। नेपालमा आज पनि धेरै ठाउँमा मृतकको अन्त्येष्टि र किरिया जस्ता धार्मिक विधिमा महिलालाई सहभागी हुन रोक्ने परम्परा बलियोसँग बाँकी छ। तर, कानुन र संविधानले महिलालाई यो अधिकार प्रदान गरिसकेको छ।

विमला, निर्मला र राधिकाको कदमले देखाएको छ—परम्परा तोड्न कानुन मात्र होइन, व्यक्तिगत साहस र पारिवारिक एकता पनि आवश्यक हुन्छ। उनीहरूले पाएको बहिष्कार केवल उनीहरूकै होइन, समान अधिकारका पक्षधर हरेक महिलाको लडाइँमा थपिएको अर्को मोर्चा हो।

यो घटनाले एउटा सन्देश स्पष्ट पठाएको छ— "पुत्र" होइन, "सन्तान" हुनु नै कर्तव्य र अधिकारको आधार हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार