मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

Thearaniko Times 1398+ समाचार ( )
३० माघ २०८२, बिहीबार

चौरीदेउराली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा वडा कार्यालय उद्घाटन गर्दै १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

२८ गते सम्पन्न वडा स्तरीय बैठकबाट अर्पण मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सह–संयोजकमा शिव प्रधान चयन भएका छन् भने पूर्व वडा अध्यक्ष दिनेश लामा इन्चार्जको जिम्मेवारीमा रहनेछन्।

वडा कार्यालय उद्घाटन कार्यक्रम पार्टी केन्द्रीय सदस्य रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य राजीव लामा, प्रदेश कमिटी सदस्यहरू विष्णु गौतम, तेज पन्त, दुर्गा सिंह लामा, हरि खड्का तथा जिल्ला सदस्यहरू हरि बहादुर प्रधान, दिनेश लामा लगायत वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौलागाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा वर्तमान समयको मुख्य दायित्व भएको उल्लेख गर्दै नेकपाको विजयबाट मात्र संविधान र व्यवस्थाको संरक्षण सम्भव हुने दाबी गर्नुभयो। उहाँले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले संगठन सुदृढीकरण गर्दै निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा दुति, गगर्चे, दवासे, किल्पु, पलाक्थली र नाग्रेमा घरदैलो कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिइयो।

कार्यक्रम वडा कमिटी संयोजक अर्पण मोक्तानको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार