मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

माधवनारायणका बर्तालु पनौतीमा

Thearaniko Times 1398+ समाचार ( )
११ माघ २०७९, बुधवार

पनौती। साँखुको शाली नदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा बुधबार पनौतीको त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत मन्दिरमा पूजा–आराधना गरेका छन् ।

बर्तालु शाली नदीबाट पैदलयात्रा गरी मंगलबार बेलुका पनौती पुगेका थिए । प्रत्येक वर्ष माघ शुक्ल तृतीयाका दिन माधवनारायणका बर्तालु शाली नदीबाट पैदलयात्रा गरी पनौतीमा गएर बास बस्ने परम्परा छ भने भोलिपल्ट पनौतीको त्रिवेणीघाटमा स्नान गर्ने गर्छन् । यसअघि, पहिलो चरणको तीर्थयात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा–आराधना गरेका थिए । दोस्रो चरणको तीर्थयात्राका क्रममा उनीहरू पनौती पुगेका हुन् । 

तेस्रो चरणको तीर्थयात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा–आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ ।  माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख, शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्दपुराणमा उल्लेख छ । त्यति बेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले सांगे गरी व्रत समापन गर्छन् ।

तस्वीरहरु

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार