काठमाडौ । बागमती प्रदेश सरकारका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संघीय सरकार विरुद्ध उजुरी दर्ता गर्नु भएको छ।
आज आइतबार मन्त्री लम्सालले संघीय सरकार विरुद्ध सम्मानित सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको मन्त्री लम्सालकाे सचिवालयले जनाएको छ।
उहाँले नेपालको संविधानद्धारा प्रदेश सरकारलाई यातायात व्यवस्थापनमा प्रदत्त अधिकार क्षेत्र कटौती गरि संघीय सरकारले कानुन बनाई अतिक्रमण गरेकोले त्यस उपर बागमती प्रदेश सरकारको निर्णय अनुसार श्रम रोजगार तथा यातायात मन्त्रालयकाे तर्फबाट मन्त्री लक्षमण लम्सालले सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गर्नु भएको बताइएको छ।