मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

नारी चेतना केन्द्रको साधारणसभा संपन्न- केन्द्रको नेतृत्व सृजनाले गर्ने

Thearaniko Times 1375+ समाचार ( )
१२ अशोज २०७९, बुधवार

 काठमाडौं/नारी चेतना केन्द्र नेपालको वार्षिक साधारण सभा तथा अधिवेशन सस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सस्थाको सस्थापक अध्यक्ष प्रतिभा सुबेदीले सस्था स्थापना गर्दाको दुख सम्झदै सात जना दिदी बहिनीबाट सुरू भएको सस्थामा आज ३५००० दिदी बहिनीहरू अबध्द हुनु एउटा ठुलो उपलब्धि भएको र संस्था अब राम्ररी आगाडी बढ्ने कुरामा आफु ढुक्क रहेको कुरा ब्यक्त गर्नु भयो। सास्थाका अध्यक्ष सृजना पौडेलले शुरुको दिनमा सस्था स्थापना आग्रज दिदीहरूले भावनात्मक सम्बन्धलाई बिशेष ध्यान दिएर संचालन गरेता पनि अब सस्था दीर्घकालीन रुपमा लैजानको लागि भावनात्मक सम्वन्ध संगै निति विधि र प्राविधिलाई पनि संगसंगै लानु जरूरी भएको र त्यसलाई जोड दिदै नयाँ कार्यकारिणी समिति अगाडी बढ्ने कुरा ब्यक्त गर्नु भयो ।

साधारणा सभामा सस्थाको  कोषाध्यक्ष कल्पना बस्नेतले आ.ब.२०७८/२०७९ को आम्दानी तथा खर्च विवरण र आगामी आ.ब. २०७९/२०८० को अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो  भने कार्यक्रमको उपलब्धि बारे कार्यक्रम प्रमुख अन्जु घिमिरेले प्रकास पर्नु भएको थियो । आगामी बर्षमा काभ्रे, काठमाडौ  र चितवन जिल्लाको विभिन्न स्थानमा महिला र बालबालिकाको क्षेत्रमा समुदायमा आधारित रहेर विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने जानकारी सस्थाको सचिब शान्ति लामाले दिनु भएको छ । 

सस्थालाइ दुरगामी रूपमा लैजानको लागि सस्थालाई आवश्यक थप १० वटा विभिन्न नीतिहरु साधारणसभाले पारित गरेको थियो भने उपस्थित अन्य सदस्यहरूले सस्थालाई  नितिगत रुपमा ब्यबस्थित बनाउन नयाँ कार्यकारिणी समितिलाई सहयोगको गर्न तयार रहेको जानकारी दिएका थिए ।

अधिबेशनबाट  नयाँ कार्यकारिणी समितिको चयन भएको हो । नव निर्वाचित कार्यकारिणी समितिमा : अध्यक्ष सृजना पौडेल, उपाध्यक्ष सगुन गिरी, सचिव शान्ती लामा, कोषाध्यक्ष कल्पना बस्नेत, कार्यकारिणी  सदस्य प्रतिभा सुवेदी, ज्योती नकर्मी, रस्मिला मल्ल रहनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार