मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

चियापानबाट फर्केको गाडी दुर्घटना हुँदा ११ जना घाइते

Thearaniko Times 1375+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका- १ निगालेस्थित खानीखोला गाउँपालिकाको तालढुङ्गाबाट बेथानचोकतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। बा १४ च ७०७७ नं. को गाडी ब्रेक फेल भइ दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका हुन्। गाडीमा १८ जना यात्रु सवार रहेको बताइएको छ।

घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार नेकपा एमालेका नेताहरु चियापान कार्यक्रम सकेर सदरमुकाम धुलिखेल फर्कँदै गरेको बताइएको छ ।

दुर्घटनामा परि घाईते हुनुभएका नेकपा (एमाले) का युवा नेतृ एवं केन्द्रीय सदस्य तथा पुर्व सांसद क.नबिना लामा,नेकपा (एमाले)का बागमती प्रदेश कमिटी उपसचिव क.भक्तकुमारी लामा लगायत ११ जना रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको अवस्था बुझ्न खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङ पुग्नुभएको थियो।

बेथानचोक दुर्घटनामा घाईतेहरु:-
स्याङजा जिल्लापुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली, वर्ष १३ को सुबम श्रेष्ठ, वर्ष ५ को सुरज श्रेष्ठ, जिल्ला काभ्रे चौरीदेउराली गा.पा ७ बस्ने बर्ष ४० की पुर्व सांसद नविना लामा, खानिखोला गा.पा  ५ मिल्चे बस्ने बर्ष ४० की रचना मगर, वर्ष १६ की ईन्जिला सोडारी, जिल्ला दोलखा कालिन्चोक गा.पा ३ बस्ने बर्ष ३२ की मिना श्रेष्ठ, वर्ष ३५ को गोविन्द श्रेष्ठ,  जि.काभ्रे खानिखाला गा.पा ६ बस्ने बर्ष ३५ को दिपेन्द्र राना, पाँचखाल न.पा १२ बस्ने बर्ष ३५ की भक्तकुमारी लामा र जिल्ला काभ्रे बेथानचोक गा.पा १ बस्ने बर्ष ७४ को सिङताङ तामाङ रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार