मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

ट्रयाक ओपनको उद्घाटनसँगै स्थाानीयमा खुशी

Thearaniko Times 1398+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

काभ्रे/जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा नं.– ७ मा सडक ट्रयाक ओपनको उद्घाटन भएको छ ।

सुकुमफेदी, पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडक ट्रयाक ओपनको उद्घाटन प्रमुख अतिथि पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले गर्नुभएको थियो । 

च्याम्राङबेंसी हुँदै खजुलीबेेंसी, पाक्दोल, देउपाल सडक २०७० सालदेखिको निरन्तर प्रयत्नको परिणाम १० बर्षपछि ट्रयाक खुल्न सफल भएसंगै खानिखोलाका जनसमुदायलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब  १ घण्टा अन्य बाटो भन्दा छोटो हुने स्थानीयको भनाई छ ।

सडक उदघाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पलिका प्रमुख थिङले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताउनुभयो । उहाँले जनताले निर्वाचन मार्फत विश्वास गरेको र स्थानीय सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको जानकारी दिए । उहाँले अगाडि भन्नुभयो–‘जनताले विश्वास गरि जिताएर पठाए पश्चात्  विकास र सुशासन  ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने  सरकारको मुख्य संकल्प रहेको छ ।’ 

यस सडकको निम्ति तात्कालीन जिल्ला विकास समितिदेखि संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका सरकारको निरन्तर प्रयाससंगै यो ट्रयाक खोल्नका लागि सफल भएको पालिका प्रमुख थिङको भनाई थियो । यस सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर पहलमा आर्थिक बर्ष ०८१÷०८२ को लागि संघीय सरकारले सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको लागि रु. १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी पनि पालिका प्रमुख थिङले दिनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथी पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल, पुर्वाधार विकास संयोजक वडा नं.– ५ का अध्यक्ष बुद्धिबहादुर स्याङतान, विपद् व्यवस्थापन संयोजक तथा वडा नं.-७ का वडाध्यक्ष रामबहादुर मोक्तान, १ नम्बर  वडा अध्यक्ष सन्चमान थिङ, युवा नेता व्यवसाय  सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी, वडा सदस्य रोहन रुम्बा लामा, युवा नेता वीरबहादुर घिसिङ, उपभोक्ता समिति अध्यक्ष नेमार मोक्तान लगायत समितिका सम्पुर्ण पदाधिकारीहरु र स्थानीय बुद्धिजीवी, युवाहरुको उपस्थितिमा ट्रयाक उदघाटन भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार