मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

काभ्रे मुद्रण उद्योग संघको नेतृत्वमा खड्गबहादुर राउत(दिपक) निर्वाचित

Thearaniko Times 1402+ समाचार ( )
१ असार २०८१, शनिबार

बनेपा/काभ्रे मुद्रण उद्योग संघको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष बिष्णु तिवारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

अधिवेशनकाे बन्दसत्रले नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। जसमा अध्यक्षमा खड्गबहादुर राउत (दिपक), उपाध्यक्षमा प्रेमबहादुर थापा (राजन), सचिवमा जयराम बन्जारा, कोषाध्यक्षमा सर्वश्री अधिकारी, सदस्यमा सन्तोष न्यौपाने, नवराज अधिकारी र बुद्धलक्ष्मी मानन्धर रहनुभएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण संघमा भएगरेका अप्ठ्याराहरुलाई पन्छाएर अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्दै संघ संगठन व्यवस्थित हुँदै गएमा समस्याहरु समाधान हुँदै जाने बताउनुभयो । उहाँले समस्या हामीभित्रै भएकाले हार्दिकतामा नै एकता कायम गर्न सके हाम्रा मागहरु सरकारसँग राख्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, पत्रकार महासंघका सल्लाहकार नवराज बजगाईं, काभ्रे मुद्रण संघका संस्थापक अध्यक्ष कौशलराज खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । 

अतिथिहरु नेपाल मुद्रण उद्योग महासंघका प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष अजय वादे, काठमाडौं मुद्रण संघका अध्यक्ष घननारायण श्रेष्ठ ( घनश्याम ), नेपाल जेसिस(2023) का राष्ट्रिय अध्यक्ष बिकास मानन्धर, काभ्रे मुद्रण उद्योग संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार काैशलराज खड्का, अग्रज पत्रकार एवं बन्दिकापुर छापाखानाका संचालक प्रदिप के. सी. लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा ४‌ दशक भन्दा बढी निरन्तर प्रेस व्यवसाय गर्दै  आएका सन्ताेष प्रिन्टिङ प्रेसका संचालक गाेविन्द खड्का र गिरी प्रेसका संचालक बाबुकाजी गिरीलाई सम्मान गरेकाे थियोे । कार्यक्रमको सभापतित्व मुद्रण संघका अध्यक्ष जगनाथ खड्काको गरेको थियो भने कोषाध्यक्ष जयराम बञ्जाराले वार्षिक आयव्यय, वार्षिक प्रगति प्रतिवेदन सचिव राजन थापाले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार