मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

पालिका गतिविधि
चौंरीदेउराली गाउँपालिकामा विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न

Thearaniko Times 1369+ समाचार ( )
४ असार २०८२, बुधवार

चौंरीदेउराली, काभ्रे — चौंरिदेउराली गाउँपालिकाको आयोजनामा आयोजित दुईदिने विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको विशेष सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रममा शाखा अधिकृत एवं प्रशिक्षक चन्द्रकमल नेपाली र अधिवक्ता राम माया लामाको विशेष उपस्थिति रहेको थियो। साथै विभिन्न वडाका वडा अध्यक्षहरू, मेलमिलापकर्ता, शिक्षकहरू, समाजसेवी तथा विद्यार्थी भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य उर्मिला परियारले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, कार्यक्रमका दौरान चन्द्रराज लामा, राजु चौंलागाईं, तेज घिसिङ र प्रमुख प्रशासकीय अधिकृत महान दास लामाज्यूले मन्तव्य राख्नुभएको थियो।

पालिका प्रमुख रेणुका चौंलागाईंले समापन मन्तव्य दिँदै कार्यक्रमको सफलताको शुभेच्छा व्यक्त गर्नुभएको थियो। बाल बिबाह एउटा सामाजिक समस्याको रुपमा रहेको गाउँ पालिका, नागरिक समाज र सचेत बौद्धिक वर्गले यस समस्यालाई समाधान गर्न लाग्नुपर्ने अध्यक्ष चौलागाईंले जोड गर्नुभयो । कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले गर्नुभएको थियो।

गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रमले स्थानीय तहमा नेतृत्वदायी क्षमता विकास, मेलमिलाप तथा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ। सहभागीहरूबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार