मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
नेकपा समानुपातिक सूचीमा प्रमेश हमाल शीर्ष स्थानमा, काभ्रेका अधिवक्ता जंगम पनि समानुपातिक सुचीमा

Thearaniko Times 1398+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ यसअघि मन्त्री, संघीय वा प्रदेश सांसद नभएका व्यक्तिलाई उम्मेदवार बनाउने नीति लिएको छ । पार्टीका नेता वर्षमान पुनका अनुसार समानुपातिक सूची तयार गर्दा विज्ञ, युवा, सहिद परिवार, अल्पसंख्यक र विभिन्न समुदायका व्यक्तिलाई समेट्ने प्रयास गरिएको हो ।

उनले भने, “यसअघि मन्त्री वा सांसद भइसकेकालाई सूचीमा नराख्ने निर्णय गरिएको छ । त्यसअनुसार उद्यमी, व्यवसायी, विज्ञ, युवा तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ।”

पार्टी एकतामा सहभागी १७ वटा घटक दलको भावना समेट्ने गरी समानुपातिक उम्मेदवार चयन गरिएको नेकपाको दाबी छ । सूचीमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरिया, बीबी खनाल, पूर्वविद्यार्थी नेता पञ्चा सिंह, चेपाङ समुदायका मंगलसिंह प्रजा, पूर्वलडाकु कमान्डर कमला नहर्की, चिरन पुन, पार्वती विक र महेन्द्रबहादुर कार्की लगायतका नाम समावेश छन् ।

सशस्त्र द्वन्द्वका क्रममा आमाबुवा गुमाएका उदयपुरका विनोद कटुवाल र कैलालीकी विद्या भाट पनि समानुपातिक सूचीमा परेका छन् । हालै पार्टी एकतामा आएको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठका उम्मेदवार भने सूची संशोधनका क्रममा समेटिने नेकपाले जनाएको छ ।

यसैबीच, समानुपातिकतर्फ खस आर्य समूहको पहिलो प्राथमिकतामा प्रमेश हमाललाई राखिएको छ । नेकपा गठनअघि उनी एकीकृत समाजवादीका वरिष्ठ नेता थिए । यसअघि सांसद भइसकेकालाई सूचीमा नराख्ने मापदण्ड लागू भएपछि उनी खस आर्य समूहका सबैभन्दा वरिष्ठ उम्मेदवार बनेका हुन् ।

स्रोतका अनुसार खस आर्य पुरुषतर्फ गोविन्दराज पौडेल पनि सूचीमा छन् । दलित समूहबाट गणेशबहादुर विश्वकर्मा, जनजातितर्फ भगवतकुमार श्रेष्ठ र महिलातर्फ दिलुकुमारी पन्तलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, ताजमोहमद मिया, अरुणा बस्नेत, दीपक जंघम, कमलराय यादव, श्रीप्रसाद साह, सरद रसाइली, डा. मित्र परियार र राममणि पोखरेललगायतका नाम बन्दसूचीमा समावेश गरिएको नेकपाले जनाएको छ । काभ्रेका अधिवक्ता दिपक जंगम लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार