बनेपा । भारतको बेङ्गलोरमा सञ्चालन भईरहेको आई.टि.एफ तेक्वान्दो एसियन च्याम्पियनशिप प्रतियोगितामा काभ्रेपलाञ्चोकका आई.टि.एफ तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
यही भदौ ४ गतेदखि ९ गतेसम्म भारतको बेङ्गलोरमा भईरहेको दशौं एसियन आई.टि.एफ तेक्वान्दो च्याम्पियनशिप अन्तरगर्त ४५+ भेट्रान प्याट्रनतर्फ श्रेष्ठले स्वर्ण पदक हासिल गर्न सफल भएका हुन् । एसियाभरिका ४२ भन्दा बढी राष्ट्रका एक हजार दूई भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा उनी नेपालको तर्फबाट अब्बल बन्न सफल भएका हुन् ।
काभ्रेपलाञ्चोकबाट नै किशोर बरुण श्रेष्ठले भेट्रान फाईटतर्फ प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै युवा खेलाडी रिक्सन वाईबा ५० देखि ५५ केजितर्फ फाईटमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा नेपालबाट सात जना खेलाडीहरु सहभागि रहेकोमा काभ्रेपलाञ्चोकबाट ३ जना रहेको छ ।
खेलक्षेत्रकै दौरानमा श्रेष्ठले भारत, हङकङ, चाईना, मलेसिया, सिंगापुर अमेरिका र दक्षिण अफ्रिका लगायतको देशमा भ्रमण गरिसकेका छ।