मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

फोनिजको २५औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण
फोनिजको २५औँ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Thearaniko Times 1398+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा धुलिखेलमा रहेको बालगृहका छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्थापना दिवस तथा रजत बर्षको अवसर पारेर फोनिज काभ्रेले सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेकाे फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै फोनिज बागमती प्रदेश इञ्चार्ज पेमा लामाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा धन्यवाद व्यक्त गरे । यस्ता कार्यक्रमले पत्रकारहरूले कलमको माध्यमबाट समाजका विसंगतीहरूलाई चिर्दै नयाँ समुन्नत समाज निर्माण गर्न र राज्यले नदेखेका र लुकेर रहेका समस्याहरुको उजागर गरी राज्यलाई जिम्मेवार बनाउने काममा फोनिजकर्मीहरु सदैव लागिरहेको उनले बताए ।

सोही कार्यक्रममा फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले पत्रकारितासँगै सामाजिक काममा हातेमालो गर्न पाउँदा खुसी लागेको बताए । आवाज विहीनहरुको आवाजलाई मात्र होईन, सामाजिक काममा पनि हातेमालो गर्दै अगाडी बढ्ने काममा फोनिज निरन्तर लागिरहेको अध्यक्ष थापाले बताए । बालगृहको बालिकाहरू भनेको भोलिको देशको कर्णधार भएको भन्दै बालगृहमा आश्रित बालिकाहरूका उज्वल भविष्यको लागि थोरै भएपनि जोडिन पाउँदा खुशी लागेको र स्थापना दिवसको शुभकामना नै यही भएको बताए ।

बालगृहका सञ्चालक कर्णबहादुर कार्कीले चिल्ड्रेन होम्समा अहिले २४ जना बालिकाहरू बस्दै आएको बताए । केही बालिकाहरू कक्षा १२ पास गरी उच्च शिक्षाका लागि बाहिरिएको कार्कीले बताए । हाल त्यहाँ रहेका बाललिकाहरुमध्ये केही नमुना सञ्जीवनी माध्यमिक विद्यालयमा र केही पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत रहेका छन् । उक्त बालगृहले कक्षा १२ सम्म अध्ययन गर्दा पढाउने र बस्ने व्यवस्था मिलाउनुका साथै जीवन विमा समेत गर्दै आएको छ । त्यस्तै कक्षा १२ पास भएपछि नगद ४ देखि ५ लाख दिएर विदाई गर्ने गरेको कार्कीले बताए ।

सो शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा फोनिज बागमती प्रदेशका स्थानीय सञ्चारमाध्यम हित प्रवद्र्धन विभागका प्रमुख उजाड रक्तिम, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका सचिव जगत तामाङलगायतको उपस्थिति रहेको थियो ।

सोमबार धुलिखेल नगरपालिका वडा नं. ३ मा अवस्थित हेल्प नेपाल नेटवर्क बाल चिल्ड्रेन होम्सद्वारा सञ्चालित बालगृहमा फोनिज काभ्रेको टोली पुगेर बालगृहका सह–संयोजक रामप्रसाद श्रेष्ठ र सञ्चालक कर्णबहादुर कार्कीलाई स्टेशनरी एकमुष्ट हस्तान्तरण गरेका हुन् । उक्त बालगृहमा आश्रित २४ जना बालिकाहरूका लागि एक/एक दर्जन कापी, एक/एक प्याकेट पेन्सील र कलमसहितको सहयोग गरेको फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार