मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

Thearaniko Times 1398+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

नुवाकोट ।बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार नुवाकोटस्थित ईलाका प्रहरी कार्यालय, पञ्चकन्याको नवनिर्मित कार्यालय भवन तथा ब्यारेकको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै समस्या तथा विपद्मा परेका नागरिकको सेवामा सबैभन्दा अगाडी पुग्नुपर्ने बताए । उनले सिमित स्रोत तथा साधनको बिचमा पनि प्रहरीले नागरिकलाई दिइरहेको सेवाको प्रशंसा गरे । मन्त्री श्रेष्ठले स्रोत, साधनको अभावका कारण प्रहरीलाई परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रदेशभर प्रहरी भवन निर्माणका लागि सहयोग गरिरहेको पनि बताए । उनले आगामी दिनमा पनि प्रदेश सरकारले प्रहरीको लागि कार्यालय, आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने बताए ।

उनले अहिले डढेलो लगायतका विपद्हरु आइरहेका भन्दै विपद् व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न आग्रह पनि गरे । वर्षायाम् सुरु हुन लागेको भन्दै मन्त्री श्रेष्ठले वर्षायाम्मा हुने प्राकृतिक प्रकोपका घटनाबाट नागरिकलाई बचाउन पनि सेचततापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय, पञ्चकन्या नुवाकोटको कार्यालय तथा भान्छाघरको निर्माण भएको हो । प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ ८५ पैसा आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार