मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

अनेमसंघ समाजवादीको तीज कार्यक्रम

Thearaniko Times 1398+ समाचार ( )
११ भाद्र २०७९, शनिबार

दिनेश राज खरेल

धुलिखेल/अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कार्यसमिति काभ्रेले दिदी बहिनीहरुको लागि तिज बिषेश कार्यक्रम गरेको आयोजना गरेको छ। धुलिखेलमा गरेको कार्यक्रममा पार्टीको महिला संगठनका सदस्य तथा अन्य पार्टीका बिभिन्न तहमा रहनु भएको महिला नेतृहरुलाइ पनि निमन्त्रणा गरिएको थियो ।

              अखिल नेपाल महिला संघको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले महिलाहरूलाई नारी शक्तिको प्रतीकको संज्ञा दिनुभएको छ। उहाँले भन्नुभयो–महिला विभेदका कुरा पहिला थिएनन् पछिमात्र आएका हुन् । पहिला महिलालाई शक्तिका रूपमा लिने गरिन्थ्यो। नारी महाकाली,  महालक्ष्मी, सरस्वतीका  प्रतीक हुन्। इतिहासमा पनि नारीहरु कहिले कमजोर थिएनन् जब–जब समाजमा दमन हुन्छ महाकालीको हामीलाई प्रार्थना गरी शक्ति लिने चलन  छ । आर्थिक अभावका बेला महालक्ष्मी र बुद्धि विकासकालागि ज्ञान हासिल गर्न महासरस्वतीको प्रार्थना गर्ने गरिन्थ्यो। जब समाज पितृसतात्मक हुनथाल्यो, त्यसपछि मात्र समाजमा महिलाहरुमाथि दमन, शोषण, विभेद हुन थालेको नेता सापकोटाको स्विकारोक्ति थियो।

             समाजमा नारीहरू विद्वताको वर्गमा स्थापित भएका थिए भन्ने उदाहरण पनि रहेको छ। अहिले आएर मात्र महिलाले वेद पढ्न नहुने भ्रम सिर्जना गरिएको छ तर वेदको महत्वपूर्ण श्लोकहरु महिलाले नै लेखेका थिए। नारी विदुषी गार्गी यसकी महत्वपूर्ण पात्र हुन् । विद्वान नारी गार्गीले नै वेद लेखेकी थिइन्। इतिहासमा महिलाले गरेका राम्रा कामको समीक्षा अहिलेको समाजमा हुन नसकेको नेता सापकोटाको दुखेसो थियो।

               अखिल नेपाल महिला संघ समाजवादी काभ्रेकी अध्यक्ष पासाङ डोल्मा लामाले महिलालाई कमजोर नठान्न अपिल गर्नुभयो। तिजको अवसरमा महिला दिदीबहिनीहरुलाई शुभकामना दिँदै आगामी निर्वाचनमा महिलालाई संघ र  प्रदेशको निर्वाचनमा प्रत्यक्ष तर्फ चुनाव लड्ने अवसर प्रदान गर्न नेताहरुसँग आग्रह गर्नुभएको छ। उहाँको भनाइ थियो –म यो पार्टी त्यो पार्टी भन्दिन, एमाले, एकीकृत समाजवादी, कांग्रेस र माओवादी सबैले महिलालाई विशेष प्राथमिकता दिनुपर्ने अहिलेको आवश्यकता रहेको छ। महिलाले अवसर पाए काभ्रेमा राम्रो गरेर देखाउने उहाँको अठोट थियो।

              नेकपा(एकीकृत समाजवादी)की जिल्ला उपसचिव यसु लामाले आजको समयमा आवश्यकता र  अस्तित्वको आधारमा महिलाको विषयमा छलफल गर्न जरुरी रहेको बताउनुभयो। अवसरलाई समानुपातिक रुपले सदुपयोग गर्ने मौका दिएमा नारीले पनि समाजलाई रुपान्तरण गर्न सक्छन् । नारीले समाजका लागि उदाहरणीय  काम गरेको बताउँदै मेरो आगामी दिनमा महिलालाई अगाडि बढ्ने वातावरण सृजना गर्न  पर्ने बताउनुभयो। 

              यस्तै कार्यक्रममा एकिकृत समाजवादीका  जिल्ला इन्चार्ज टोकबहादुर वाइवा, जिसस प्रमुख दीपक कुमार गौतम, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष वदन भण्डारी, युवासंघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, केन्द्रीय परिषद् सदस्य कल्पना श्रेष्ठ  र रामदेवी तामाङको पनि उपस्थित रहेको थियो।

             कार्यक्रमलाई संगीतमय बनाउन कलाकारहरु रामहरी न्यौपाने, मदन विष्ट र मन्दिरा  केसीले आफ्नो प्रस्तुति देखाउनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार