उषा लामा
काभ्रे/युवा पुस्तामाझ रुचाइएका चर्चित गायक किरण गौतमले फुलकमल बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।
लाेकदाेहाेरी गायक किरण गौतमले नवीन कोसेली ‘फुलकमल ’ आजै सार्वजनिक गरेका हुन् । किरण गौतमकाे सुमधुर स्वर रहेको फुलकमलमा गौतमलाई गायिका सिर्जना श्रेष्ठले स्वरमा साथ दिएकी छिन् । गौतमको शब्द, संगित रहेको फुलकमलमा बिस्णु तामाङको संगित संयोजन रहेको छ। म्युजिक भिडियोसमेत तयार फुलकमलमा निरेन श्रेष्ठ, अस्मिता रनपाल, राधिका खुलाल, राजकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । राम के.सी.ले छायांकन गरेको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् ।
ठट्यौली रत्यौली अनि माटो र मौलिकताको रसस्वादमा लोक गीत बनाउने गौतमका थुप्रै गीत चर्चाको शिखरमा पुगेका छन् । गौतमको गायिका सिर्जना श्रेष्ठ संगको यो तेस्रो सहकार्य हो। यस अगाडि जोडा, १२ वर्षे पनौती मेलाले दर्शक श्रोताको मन जितेको गौतम बताउँछन् । फुलकमल बोलको यस लोक दोहोरीमा अर्को रहस्य भनेको काभ्रेपलान्चोक जिल्लास्थित् बेथान्चोक गाउँपालिकामा जन्मिएका किरण गौतम, बिष्णु तामाङ, सिर्जना श्रेष्ठ अनि राजकुमार श्रेष्ठ यी चार जना साथीहरु यतिबेला संगै सहकार्यमा जुटेका छन्। लोक गीत फुलकमलबाट उनीहरु निकै आशावादी छन् भन्छन् दर्शक श्रोताको मन जित्नेमा विश्वस्त छौ। भिडियोलाई किरण गौतमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।https://youtu.be/us5syudeIGg