मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पनौतीका प्रदीप सापकोटाको यात्राको लय नियात्रा संग्रह सार्वजनिक

Thearaniko Times 1398+ समाचार ( )
१६ असार २०८१, आइतबार

काठमाडौ । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासङग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ ।

नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा,नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,प्राडा.लक्ष्मण गौतम,कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी,चर्चित पत्रकार तथा निबन्धकार दीपक सापकोटा,नियात्राकार जय छाङ्छा,समालोचक ज्ञानु अधिकारी,अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति लोकार्पण गरेका थिए ।

प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले सो पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका ब्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए । समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति धेरै भएक र पाठकलाई आफुसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता छ भन्दै पठनिय नियात्रा रहेको बताइन अर्का बरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गर्दै नियात्रा विधामा प्रदीप सापकोटाको भविष्य देखेको बताए । 

कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गर्छन् नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने ,नियात्राकारले सरोकारवालाह्ररुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनु पर्नेमा त्यस्तो भैनरहेको विचार व्यक्त गरे ।

यसैगरी नियात्राकारलाई शुभकामना दिँदै प्राडा. लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरीसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए । 

कार्यक्रममा कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी ,भूँडीपूराण प्रकाशनका केशव पराजुली,लगायतले कृतिको सफलताको शुभकामना ब्यक्त गरेका थिए नियात्राकार सापकोटाले आफ्ना कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरु राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार