मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुको निम्ति २ दिने तालिम

Thearaniko Times 1398+ समाचार ( )
३० चैत्र २०७९, बिहीबार

पनौती । पनौती नगरपालिका, न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुको निम्ति २ दिवसिय पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको छ ।

२७ र २८ गते सञ्चालित २ दिने तालिमको उद्घाटन उपप्रमुख एवम् न्यायिक समिति सयोजक गीता बन्जाराले गर्नु भएको थियो । उहाँले स्थानीय विबाद र झैझगडा मेलमिलापको माध्यमबाट समाधान गर्न महत्वपुर्ण भुमिका भएकोले मेलमिलाप कर्ताहरु धन्यबादको पात्र हुनुहुन्छ भन्दै उहाँहरुको सिप र दक्षता बढाउन नगरपालिकाले यस्ता कार्यक्रमहरु आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले नगरपालिका मेलमिलाप कर्ताको हमेसा साथमा रहेको बताउनुभयो ।

दुइदिने तालिममा मेलमिलाप के हो? मेलमिलापकर्तामा हुनुपर्ने गुण, मेलमिलापकर्ताको भुमिका, सामुदायिक मेलमिलापका चरण, कानुनमा जान्नैपर्ने कुराहरु, मेलमिलाप हुन सक्ने विवादहरु, न्यायिक समितिले निर्णय गर्न सक्ने बिषय लगायत बिबिध बिषय बस्तुमा अधिबक्ता केदार कोइराला, इन्द्रप्रसाद अधिकारी, प्रदिप सापकोटा, तारादेवि श्रेष्ठ लगायतले सहजिकरण गर्नु भएको थियो ।

सहभागीहरुलाई समापनको अबसरमा प्रमाणपत्र वितरण गरिएको थियो । उद्घाटन शत्रको अध्यक्षता उप प्रमुख एवम् न्यायिक समिति संयोजक गीता बन्जारा, स्वागत न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठ तथा सन्चालन कानुनी सल्लाहकार प्रदिप सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार