मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

३० बढी युवा नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश

Thearaniko Times 1369+ समाचार ( )
१७ कार्तिक २०७९, बिहीबार

काठमाडौं /काठमाडौं क्षेत्र नं. ३ (१) बाट समाजसेवी राजकुमार लामाको नेतृत्वमा ३० बढी युवा नेता कार्यकर्ताहरू नेकपा ( एकीकृत समाजवादी ) मा प्रवेश गरेका छन् । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका महासचिव डा वेदुराम भुसालले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पार्टीका महासचिव डा.भुसालले आगामी निर्वाचनमा प्रतिगामीहरूको गठबन्धनलाई परास्त गर्दै अग्रगमनको पक्षधरमा रहेका गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताउनु भयो ।  

उहाँले प्राप्त उपलव्धिको रक्षा गर्दै अगाडि बढेको गठबन्धनलाई विजयी गराउनु अहिलेको प्रमुख दायित्व भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई यो चुनाव भविष्यको यात्रा तय गर्ने समेत भएकोले त्यस तर्फ गम्भिर हुन र लाग्न निर्देशन  गर्नुभयो । 

कार्यक्रममा बोल्दै नवप्रवेशी राजकुमार लामाले  उपलव्धिको रक्षा गर्दै एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा अगाडि बढ्ने अपेक्षा गरेको बताउनु भयो । 

कार्यक्रममा पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल ,स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल,पोलिटव्यूरो सदस्य गोपाल बराल,काठमाडौं ३ निर्वाचन परिचालन समितिका अध्यक्ष विमल अर्याल लगायतको उपस्थिति थियो ।

काठमाडौँ ३ (१ ) का प्रदेश अध्यक्ष दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशव दंगालले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार