मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि
काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि

Thearaniko Times 1398+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमितकाे संख्या ६२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले दिएको तथ्यांक अनुसार २०८१ साउन १ देखि भदौ १६ गतेसम्म जिल्लामा ६२ जना डेंगु संक्रमित फेला परेका छन् । जसमा डेंगु संक्रमित हुनेमा पुरुष २८ र महिला ३४ रहेका छन्।

जसमा पनाैतीमा सबैभन्दा धेरै १५ जना संक्रमित भेटिएका छन् । यस्तै  बनेपा नगरपालिकामा १३ जना संक्रमित देखिएका छन् भने धुलिखेलमा १२ र भुम्लुमा ११ जना रहेकाे कार्यालयले जनाएकाे छ ।

पाँचखालमा २, नमाेबुद्धमा ३, मण्डनदेउपुरमा २, राेशीमा ३ र तेमालमा १ जनामा संक्रमण पुष्टी भएकाे छ । चार वटा गाउँपालिकाहरु खानीखाेला, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने संक्रमित भेटिएका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिका अनुसार, भदौ महिना डेंगु संक्रमण बढी हुन सक्ने महिना हो । उनले संक्रमण नियन्त्रणको प्रत्येक शुक्रवार १० बजे १० मिनेट अभियान सञ्चालन गरिएको बताइन् । संक्रमण गराउने लामखुट्टे बस्न सक्ने सम्भावित स्थान खोज्ने र नष्ट गर्ने विधी नै ९० प्रतिशत प्रभावकारी भएको पाइएकोले सोही अनुसार अभियान थालिएको उनले जानकारी दिइन् ।

ल्याव टेक्निसियन निरिक्षक सिता श्रेष्ठका अनुसार,  बढी डेंगु संक्रमण भएका देशभरका प्रमुख १० जिल्ला मध्ये बाग्मती प्रदेशका ५ जिल्ला काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक रहेकाले पनि काभ्रे बढी जोखिममा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै