मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |
मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |


जनयुद्ध दिवसमा छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाउने प्रचण्डको उद्घोष

Thearaniko Times 1402+ समाचार ( )
१ फाल्गुन २०७९, सोमबार

काठमाडौ/नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले जनयुद्ध दिवस मनाएको हो ।

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले ऊर्जा दिने बताए। उनले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुनः एक बनाउने पहल भइरहेको संकेत गरेका छन् ।

‘सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल गर्न चाहन्छु, उनले भने, ‘यो हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ । सबैले आ–आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन् ।

उनले धेरै समूहका नेतृत्वसँग आफूले लगातार छलफल गरिरहेको बताए । ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्काे एउटा प्रक्रिया अघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ ।

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका मोर्चासँग पनि समाजवादी मोर्चा बनाएर जाने विषयमा कुराकानी भइरहेको बताए । यसबारे सैद्धान्तिक सहमतिसमेत बनेको प्रचण्डको भनाइ थियो। ‘समाजवादी मोर्चा विकल्पको रूपमा आउनेछ, उनले भने।

उनले ‘जनयुद्ध दिवस’ मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो सहिदप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको तर्क गरेका थिए । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको बताए।

‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ । जनयुद्ध दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

काभ्रेमा जनयुद्ध अवसरमा दिपावली


बनेपा/नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं। १ का सांसद सूर्यमान दोङ (लालध्वज)ले प्रतिगामीहरुलाई तर्साइरहने चेतावनी दिएका छन् । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियू (क्रान्तिकारी)को आयोजनामा बनेपामा सम्पन्न दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले यस्तो चेतावनी दिएका हुन् ।

पूर्व राज्यमन्त्री समेत रहेका लालध्वजले महान् सहिदहरु, बेपत्ता योद्धाहरु र घाइते योद्धाहरुकाको सम्मान गरे मात्र जनयुद्ध दिवसको सार्थकता पाउने दावी गरेका छन् । देशमा राजनीतिक परिवर्तन भएको, संघीयता, गणतन्त्र, धर्मनिर्पेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धिहरु प्राप्त गरेर औपचारिक रुपमा विजय प्राप्त भएको दावी गर्दै उनले आम युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक रुपान्तरण गर्ने कार्यभार जनयुद्धले आफूहरुको काँधमा छोडेको बताए ।

‘दुश्मनहरु, विरोधीहरु कराई रहेका छन्, चिच्याइरहेका छन् । तिनीहरुको काम नै यही हो । हाम्रो काम व्यवस्था स्थापित गर्ने हो भन्ने भुल्नु हुँदैन, लालध्वजले भने ।

कार्यक्रममा अखिलका नेतृ तथा जिल्ला इन्चार्ज निर्मला गौतमले स्वागत र वाइसिएलका नेता लानाम तामाङले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु, जिल्ला स्तरीय नेताहरु, युवा, विद्यार्थीका नेताहरु लगायतका सहभागी थियो ।

मकवानपुरमा विभिन्न कार्यक्रम र दिपावली


यसैगरी मकवानपुरमा पार्टीका जबस मोर्चा, जनयुद्धका घाइते अपाङ्ग योद्धा संघ, अनेरास्ववियु वाइसिएल लगायतले छुट्टाछुट्टै कार्यक्रम सहित दिउँसो शुभकामना आदानप्रदान र साँझ दिप प्रज्वलन गरेर हर्ष उल्लासका साथ जनयुद्ध दिवस मनाइएको मकवानपुर जिल्लाका उदियमान नेतृ लक्ष्मी माझी ‘कृपा’ ले जानकारी दिनुभयो ।  दिपावली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्र बाग्मति प्रदेश कमिटी सदस्य प्रेमबहादुर पुलामीले नेपाल सरकारले गरेको ऐतिहासिक निर्णयको स्वागत गर्दै जनयुद्धको जगमा भएको आमूल परिवर्तनलाई आत्मसाथ गर्न आग्रह गर्नुभयो । उहाँले राजनीनिक पुर्वाग्रह भन्दा माथी उठेर देश, जनता र परिवर्तनको लागी भएको यो महान दिन इतिहासमा अजर अमर रहने बताउनुभयो । उहाँका अनुसार मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकाहरुमा पनि स्थानीय पार्टी कमिटिको आयोजनामा जनयुद्ध दिवस मनाउनुका साथै टीका, मिठाई वितरण गरेर घर घरमा पनि दिप बालेर २८ औ जनयुद्ध दिवस मनाइयो ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार