मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

संसद छलेर ल्याइएको अध्यादेशमा चलेको सरकारप्रति विपक्षी दल र समाजवादी मोर्चाको भूमिका
संसद छलेर ल्याइएको अध्यादेशमा चलेको सरकारप्रति विपक्षी दल र समाजवादी मोर्चाको भूमिका

Thearaniko Times 1369+ समाचार ( )
दीपक शर्मा जंगम
७ माघ २०८१, सोमबार

भर्खरै ओली सरकारले  हतार–हतारमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश २०८१, भूमी सम्बन्धी कानून संसोधन गर्न बनेको अध्यादेश २०८१ र लगानी सम्बन्धी कानून संसोधन गर्न बनेको अध्यादेश २०८१ मन्त्रीपरिषद्को निर्णयले राष्ट्रपती कार्यालयमा स्वीकृत गर्नको लागि पठाइएकोमा राष्ट्रपति कार्यालयबाट भूमी सम्बन्धी अध्यादेशलाई स्वीकृत नगरी अन्य दुईवटा अध्यादेश जारी गरेको अवस्था छ । यो सरकार एमाले र काँग्रेसको गठबन्धनले पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ता स्वार्थको लागि बनेको सरकार हो र यो सरकारले गरेको अधिकाँश काम तथा निर्णयहरु जनता र देश विरोधी बाहेक केही नभएको कुरा सबैलाई स्पष्ट थाहा छ । यो मन्त्रीपरिषद्मा रहेको सदस्यहरु आफ्नो स्वार्थ पुरा गर्न भष्ट्राचारका दुर्गन्धित भएको सहकारी लगायत गिरीबन्धु, टिकापुर जग्गा प्रकरण लगायत कम्बोडियामा देशको रककम लगेर जम्मा गरेको विश्व बैंकमा अवैध रकम जम्मा गरेको विषयले देश बोझिलो बनेको छ ।

देश चलाउने हस्तीहरु कुन किताबाट कसरी कुर्सीमा बसेका छन् । त्यो कुरा आजको परिवेशमा थाहा नपाउने सायदै नहोलान् । देशले उन्नती प्रगति गर्न नसक्ने अवस्थामा पु¥याउने प्रधानमन्त्री ओली र उनको मन्त्रीमण्डलबाट भएका उल्लेखनीय काम के छ रु कति प्रतिशत देशमा आर्थिक वृद्धि भयो रु उज्यालो नेपाल बनाउने कुलमान घिसिङ जस्ता सत्रपात्रलाई पदबाट हटाउन खोज्ने उर्जामन्त्री र तिनका नेतृत्व गर्ने एमाले अध्यक्ष ओलीले ठुलो पुरुस्वार्थ गरेका हुन् त रु देश धेरै रोएको छ, देशमा आजको यो अवस्था ल्याउने सरकाले राम्रो काम गर्न सकेको छैन भने न्यायपालिका लगायत धेरै ठाउँमा आफ्नो प्रभुत्व जमाउन खोज्ने यो सरकारमा जनताको सरकार बन्न सक्ने आधार छैन । 

सहकारी ठगी सम्बन्धी समाचार अखबारमा धेरै छापिएको विषयवस्तु हो । एउटा पात्रको रुपमा रवि लामिछानेलाई कारवाहीको दायरमा ल्याउने सरकारले अरुलाई किन सुनपानी छर्केर अपराधी होइन भन्ने झुटको पुलिन्दा बनाउँदै छ रु यो देशमा भएका विकृती विसंगती ल्याउने योजनाकारको सल्लाहबाट सुशासनमा नराम्रो धब्बा लागिसकेको छ । जनतालाई मुर्ख बनाउन जति जालझेल प्रपञ्च रचेपनि सरकार चोखो भने छैन । यो राज्य काँग्रेस र एमालेको मात्र हो रु जनता सधै हाम्रो साथमा हुन्छन्, जनता बिक्छन् र पैसाको भरमा चुनाव आफ्नो पोल्टामा आउँछ भन्ने दिउँसै सपना देख्ने एमाले र काँग्रेस तथा तीनका अन्धभक्त कार्यकर्तालाई लागेको हो भने अब दशा लागेर पछि लागिएछ भन्ने होस आउने दिन टाढा छैन । यो देश बनाउन जिम्मा लिने पार्टी ठुला नाम कहलिएका एमाले र काँगे्रस अनि विपक्षी दलहरुको ध्यान कुर्सी मोह बाहेक अन्यत्र भएको भए देश धेरै माथि उठ्ने थियो । अहिले हिउँदे अधिवेशनबाट प्रतिनिधिसभामा थाती रहेका विधेयकलाई छलफलमा ल्याएर ऐन बनाउनुपर्ने सरकार अध्यादेशबाट देश चलाउन खोज्ने, साना पार्टीलाई थ्रेस होल्डमा च्याँखे थाप्ने लगायत भर्खरै लागु भएको अध्यादेशबाट साँच्चै देश बन्छ त रु यो दुई तिहाईको सरकार हो भने धमाधम जनपक्षीय जनमैत्री काम गर्न सक्छ किन चाहियो बेकारको यो अध्यादेश रु

अध्यादेशको चोर बाटो समाते पनि उक्त अध्यादेशले आफ्ना अपराध कर्मबाट ग्रसित नेता कार्यकर्तालाई सुनको जलप लगाउने, विदेशी लगानीकर्तालाई फाइदा हुने काम गर्ने र प्रशासनिक कार्य छिटो दुरुस्त, चुरुस्त राख्ने बहानामा आफ्नो मान्छे कर्मचारीलाई च्यापेर तल्लो वर्गको व्यक्तिलाई पत्तासाफ गर्ने धेरै नाटकबाट ल्याइएको अध्यादेशले कुनै ठुलो परिवर्तनकारी परिणाम हासिल गर्न सक्तैन भन्ने कुरा आजको समयमा सबैलाई थाहा छ । जनतालाई मुर्ख ठान्ने ओली र काँग्रेसका शेर बहादुर देउवा सरकार जति चलाखी गरेपनि जनताबाट तिरस्कृत बन्दै गएको आभास हुन थालेको छ । भर्खरै सबै जिल्लामा भूमी आयोग बनाएर आफ्ना कार्यकर्तालाई सार्वजनिक जग्गा बाँड्ने योजना मुताविक गठन भएको उक्त समितिको कुनै औचित्य छैन । 

नेपाली जनताको करबाट सेवा सुविधा, कार्यालय व्यवस्थापन लगायत करोडौं खर्चेर देशको ढुकुटी रित्याउने यो सरकार किन जनताको प्रिय बन्न खोज्दैन रु प्रचण्ड कमरेडले नेतृत्व गरेको विगतको काँग्रेस र माओवादी केन्द्रको अपवित्र सरकारलाई छिन भरमै गिराउन सक्ने विदेशी इसाराबाट चलेका एमाले, काँग्रेस सरकारबाट आजसम्म देश विकासमा भएको योगदान आशालाग्दो छैन । दिन प्रतिदिन जनताबाट आलोचित नारा आउँदा पनि मैले के–के न गरें भन्ने आत्म रतिमा रमाउने वर्तमान सरकारलाई धक्का दिने प्रकारबाट विपक्षी दलहरु लाग्नु जरुरी छ । 

अब सत्तामा ध्यान दिने गरी कुनै पनि पार्टीसँग मिलेर प्रचण्ड अघि बढ्नु जरुरी छैन र हुँदैन पनि । हिजो विगतमा स्थापना भएको समाजवादी मोर्चालाई निरन्तरता दिएको त्यसको आकार फराकिलो पार्ने देश र जनताको लागि साँच्चै नै जनक्रान्तीको माध्यमबाट नेपाली विशेषताको समाजवादको उठान गर्ने क। विप्लवको नेतृत्वको नेपाल कम्युनिष्ट लगायत अन्य पार्टीका नेता माधव नेपाल, उपेन्द्र यादव, महेन्द्र राय यादव, अन्य देशभक्त पार्टी, प्रजातन्त्रवादी सबै जनताले देश र जनतलाई शिरमा राखि छातिमा हात राखेर नेपाल बनाउने दृढ संकल्प गर्नु अत्यन्त आवश्यकता भइसकेको छ ।

आज फेरी राजाका नाममा पूर्व राजा ज्ञानेन्द्र शाहले चलमलाउन खोज्दा किन प्रजातन्त्रप्रेमी मौन रु गणतन्त्रवादी कता हो रु लोकतन्त्रवादी कुन चुपचाप छन् रु देश र जनताको दर्दनाक अवस्थालाई बुझेर वर्तमान सरकारका हरेक गलत क्रियाकलापलाई भण्डाफोर गर्नका लागि अब नेपाली जनताले एकपटक नेपाल कम्युनिष्ट पार्टी विप्लवलाई देशको मुहार फेर्ने जिम्मा दिनुपर्छ ।

 उक्त पार्टीले लिएको एकिकृत जनक्रान्तीको कार्यदिशाबाट मात्र वास्तवमा नेपालमा समाजवाद आउनसक्छ त्यसको लागि नेपालमा ठुला ठुला विकास कृषिक्रान्ती गररे उत्पादन गर्ने, स्वदेशमा नै रोजगारी दिन उद्योग  कल कारखाना खोल्ने विदेश जानबाट युवा वर्गलाई रोक्ने, बाँझो जग्गामा खेती गरेर आत्मनिर्भर बन्ने लगायत पार्टीले लिएका धेरै कुराहरु सकारात्मक छन् भने सधै नेपाली जनतालाई शोषण गर्ने, भष्ट्राचार गर्ने, कार्यकर्तालाई बोल्न प्रतिबन्ध लगाउने, देश कंगाल बनाउने, देशलाई विदेशी प्रभुको इसारामा चलाउने, अवैध अर्बो अर्ब सम्पत्ति विदेशमा थुपार्ने, किसानलाई साथ सपोर्ट सहयोग नगर्ने, एमाले, काँग्रेसले देश चलाएको धेरै वर्ष भयो अब जनताले पनि नेपाली विशेषताको वैज्ञानिक समाजवाद ल्याउन सक्ने वैकल्पिक पार्टीको रुपमा उदीयमान पार्टी नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीले उत्पादन गरेको उत्पादित क्षेत्र, स्वास्थ्य, शिक्षाको अवस्था नजर गर्दै प्रत्येक जिल्लामा पार्टीबाट भएका उत्पादनका सकारात्मक पाटोबाट पाठ सिक्दै आगामी चौरासीको निर्वाचनमा एक पटक सरकार चलाउने जिम्मा दिनु हतार भइसकेको छ र दिनुपनि पर्छ । वर्तमान समयमा नेपालले अब परिवर्तन खोजेको छ ।

 राजनितीक परिवर्तन जो पुराना पार्टी जसले सरकार चलायो त्यो अब काम लाग्दैन किनकी जनताले भोट हालेको कार्यकर्ता पाल्न, भष्ट्राचार गर्न र अवैध काम गर्न होइन । त्यसैले वर्तमान सरकार बाहेकका देशभक्त कम्युनिष्ट पार्टीहरुले विप्लव नेतृत्वको सरकार बनाई देशलाई एक पटक ठुलो परिवर्तन ल्याउने संकल्प गर्नु जरुरी छ । देश अध्यादेबाट होइन विचार, सिद्दान्त र वैज्ञानिक समाजवादबाट चल्छ भन्ने नै आजको ज्वलन्त अवस्था हो । यसको लागि विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, ने।का।प। एस लगायत सम्पूर्ण कम्युनिष्ट पार्टी एकाकार बन्दै देशमा अन्याय अत्याचारको जरा काट्ने दृढ संकल्प लिनुपर्छ । त्यसको लागि हिम्मत भएका नेताको रुपमा नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र त्यसका इमान्दार कार्यकर्ताले मात्र सक्छन् । जो आज हिमाल, पहाड, तराई लगायत सबै ठाउँमा स्व–उत्पादनमा कम्मर कसेर लागेको पनि छ र त्यस सफल पनि भएको छ । समयले परिवर्तन खोजेको छ, परिवर्तन भनेको आजको आवश्यकता पनि हो, त्यो आवश्यकता पुरा गर्न सक्ने आँट क्षमता भएको पार्टीलाई जनताको साथ मतदानबाट मात्र सम्भव छ । त्यसमा अब ढिला नगरी जनतालाई एकिकृत जनक्रान्ती मार्फत नेपाली विशेषताको वैज्ञानिक समाजवाद ल्याउन अब ढिला गर्नु हुँदैन । पुराना पात झरेपछि नयाँ पात पलाउँछ भने झै देशमा परिवर्तनको माध्यमबाट वर्तमान सरकारका गन्हाएका पार्टीबाट देश चल्न दिनुहुँदैन र अब परिवर्तन गर्नु जरुरी भइसकेको छ । त्यसका लागि विपक्षी दल लगायत समाजवादी मोर्चा चुप लाग्नु हुँदैन, बिना स्वार्थ अघि बढी रहनु पर्छ अनि मात्र देशको काँचुली फेर्न सकिन्छ ।

लेखक अधिवक्ता हुनुहुन्छ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार