मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

विभिन्न निर्णय गर्दै बेथानचोकको १२ औं गाउँसभा सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
१ चैत्र २०७९, बुधवार

बेथानचोक । बेथानचाेक गाउँपालिकाको १२अौ  कार्यपालिका वैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हाे  ।

कार्यपालिका वैठकले गाउँपालिकामा चालू  विभिन्न क्षेत्रका याेजनाकाे समीक्षा गर्नुका साथै विषयगत प्रगती विवरण माथि छलफल गरिएको थियोे । 

पालिका अध्यक्ष भगवान अधिकारीले सभामा उठेका विषयगत प्रश्नकाे जवाफ दिनु भएको थियोे । सभालाई सम्बाेधन गर्दै अध्यक्ष अधिकारीले निर्वाचनको बेला जनतालाई गरेको वाचा सडक  कालाेपत्रे सुरु भईसकेकाे जानकारी गराउनु भयाे । अध्यक्ष अधिकारीले , पर्यटकीय स्थल बेथानचाेक नारायणस्थान (३०१८ मिटर अग्लाे) केबलकार संचालन र सुरुङ मार्गकाे सम्भाव्यता अध्यायन कार्यदल गठन सम्बन्धी कार्य अगाडि बढेकाे बैठकमा जानकारी गराउनु भएको थियो । 

बेथानचाेक  गाउँपालिकामा चालू भएर राेकिएका वडा स्तरका याेजनाहरु माथिकाे संशोधन पेस हुनुकाे साथै त्यस उपर पनि  छलफल भएको प्रशासन अधिकृत विश्वनाथ दाहालले जानकारी दिनुभयो ।  गाउँ कार्यपालिका अन्तर्गत  विषयगत समितिहरुको प्रभावकारी कार्य सम्पादनको अनुगमन र निरीक्षण गर्ने  कार्यपालिका वैठकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरिएको थियो ।

१२ औं कार्यपालिका बेैठकमा गाँउसभाका सदस्यहरुबाट सुझाव संकलन गरिएको छ।  कार्यपालिका सदस्यहरुले सामाजिक सुरक्षा, पञ्जिकरण, कृषिकाे अबस्था, शिक्षा, स्वास्थ, खानेपानी र पशुपालनका समग्र विषयमा सुझाव प्रस्तुत  गरेका थिए । 

यस्तै गाउपालिकाकाे सहकार्यमा संचालन भईरहेकाे नेपाल स्वस्थ्यकाे लागि पानी  (नेवा) एक घर ,एक धारा कार्यक्रमले निरन्तरता पाउने र पालिकामा विद्यमान खानेपानी समस्या समाधानमा सहयोग पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गर्नु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार