मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग, राजकीय सम्मानकासाथ अन्त्येष्टी

Thearaniko Times 1398+ समाचार ( )
२८ वैशाख २०८०, बिहीबार

काभ्रे । जनआन्दोलन २०६२/०६३ का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। १४ वर्षको कलिलो उमेरमा प्रहरीको गोली लागेर अर्धचेत अवस्थामा १७ वर्ष १ महिना बितेपछि ३२ वर्षको उमेरमा हिजो निधन भएको थियो।२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो ।

मुकेशलाई राष्ट्रिय सम्मानका साथ शहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग गरेकाे हुन् ।

९ दलकाे बैठकले कायस्थलाई सहिद घोषणा गरी राष्ट्रिय सम्मान गर्न, मुकेशको निधनमा बनेपा नगरमा एक दिन शोक विदा दिन र अन्त्येष्टि खर्च बनेपा नगरपालिकाबाट बेहोर्न अनुराेध गरेकाे थियाे । ११:३० बाट मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा  राखिएको र त्यसपछि नगर परिक्रमा गरी उग्रतिर्थ घाटमा अन्तिम संस्कार गरियो । अन्त्येष्टिको क्रममा प्रहरीले सलामी दिएको थियो।

मुकेश कायस्थलाई सहिद घोषणा गर्छौ -संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी

मुकेश कायष्थको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुकेश कायस्थलाई शहिद घोषणा गर्ने बताएका छन् ।

कायस्थलाई श्रदाञ्जली व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा, सुर्यमान दोङ, प्रदेश सांसद लक्ष्मण लम्साल लगायतले स्वर्गीय मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार