मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

गम्भीर समीक्षापछि पुनः कम्युनिस्ट पार्टी एकताको सुरुवात भएको छ: अग्नि सापकोटा

Thearaniko Times 1398+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

बनेपा/नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाले गम्भीर समीक्षापछि पुनः कम्युनिस्ट पार्टीहरूको बीच ध्रुविकरण सुरु भएको बताएका छन्।

शहिद सप्ताहको अन्तिम दिन सोमबार बनेपामा माओवादी केन्द्रमा आबद्द जनवर्गीय संगठनले आयोजना गरेको शहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व बिषयक अन्र्तक्रिया कार्यक्रममा आज सापकोटाले सो कुरा बताएका हुन्।

पूर्वसभामुख सापकोटाले अगाडि भन्नुभयो -‘हामीले हिजो कम्युनिस्ट एकतालाई बचाउन सकेनौँ। विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको छ । “कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।”‌उहाँले भन्नुभयो -'गम्भीर समीक्षापछि आज कम्युनिस्ट पार्टीहरूको एकता सुरुवात् गरेका छौँ, त्यसकै सुरुवात स्वरूप नयाँ सरकार बनेको छ। अहिले सानो मन्त्रिमण्डल बिस्तार हुनेछ।’

मार्क्सवादभन्दा ठूलो विचार ब्रह्माण्डमा हुनै नसक्ने दाबी गर्दै सापकोटाले पुँजीवादको अन्त्य गर्नुपर्ने बताए। त्यसका लागि अब नेपालमा वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन हुनुपर्ने औँल्याए। 

अनेमसंघ काभ्रेका अध्यक्ष मनिता लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री, काभ्रे जिल्ला समन्वय संयोजक भोला अर्याल, मजदुर नेता एवम् सामाजिक अभियन्ता राजन अधिकारी, शहिद परिवारबाट राज तामाङ लगायतका वक्ताहरुले देशमा भएको जातिय, लिङगीय, क्षेत्रीय, वर्गिय, धार्मिक विभेदलाई अन्त्य गरी समानताको लागि भनि आन्दोलनको क्रममा आफ्नो ज्यानको बलिदान दिनुहने शहिदप्रति उच्च सम्मान प्रकट गर्दै शहिदको सपना साकार पार्न सबैको उतिकै जिम्मेवारी भएको बताए। कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सभाका सचेतक रत्न ढकाल, रुकु चौंलागाई लगायत शहिद परिवारहरुको विशेष उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार