मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

वडा महिला मञ्च पुर्नगठन तथा वनभोज कार्यक्रम संपन्न

Thearaniko Times 1398+ समाचार ( )
२२ असार २०८१, शनिबार

बनेपा/बनेपा नगरपालिका –६, बुडोलमा वडा महिला मञ्च पुर्नगठन तथा वनभोज कार्यक्रम संपन्न भएको छ । शनिबार बनेपा–६, को गोसाईंकुण्ड पिकनिक स्थलमा संघीय सांसद गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नानुदेवी कुईकेलको नेतृत्वमा वडा महिला मञ्च पुर्नगठन भएको हो । जसमा उपाध्यक्षमा सविना थापा मगर, सचिवमा हिरा दुलाल, कोषाध्यक्ष रमा मिश्र भुजेल, उपसचिवमा रिता न्यौपाने चिमौरिया लगायत २१ जना रहनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय सांसद बाँस्कोटाले महिला सशक्तिकरण विना मुलुकको विकास संभव नहुने बताउनुभयो । 

आर्थिक रुपमा महिला सशक्तिकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको सांसद बाँस्कोटाले उल्लेख गरे ।

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । सबै क्षेत्रमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्, सांसद बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

सांसद बाँस्कोटाले बनेपाको डुबानमा बनेपाबासी नै दोषी रहेको उल्लेख गर्दै करिडोर निर्माणको लागि हालेको ७५ करोड बजेट फ्रिज भएको बताउनुभयो । अर्काको जति परेपनि हुने आफ्नो एक इन्च पनि जग्गा छोड्न नहुने उल्टै मुद्धा हाल्ने प्रवृत्तिले गर्दा बनेपाको डुबानको समस्या हल नभएको उहाँको भनाई थियो । सोही अवसरमा सांसद बाँसकोटाले वडाध्यक्ष केसीको खुलेर प्रशंसा गर्दै उनको विकास निर्माणप्रतिको लगावको सह्राना गर्दै सहकार्य गर्न आफु सधैं तत्पर रहेको खुलाशा गर्नुभयो । वडाको विकासको लागि कहाँ के गर्नुपर्ने भन्नुपर्ने हो त्यसको आफु सदा तत्पर छु, उहाँले भन्नुभयो ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले ६ नं. वडा विकासको संभावना बोकेको र वडाध्यक्ष पनि विकासको लागि जे गर्न नि तयार हुने स्वभावको भएको बताउनुभयो । उहाँले वडालाई समृद्ध बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न आफु तत्पर रहेको जानकारी दिनुभयो । उपप्रमुख विमला सापकोटाले गृहिणीलाई उद्यमी बनाउने कार्यक्रम नगरले सञ्चालन गरिरहेको जानकारी दिनुभयो । महिला सशक्तिकरण विना नगरको विकास संभव छैन भन्नुहुँदै उहाँले वडा महिला मञ्चलाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्व गर्नुहुँदै वडाध्यक्ष सचितानन्द के.सी.ले वडाको विकासमा सहकार्य गर्न वडा महिला मञ्च गठन गरिएको जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन कार्यविधि ऐनमा व्यवस्था भएबमोजिम वडा महिला मञ्च गठन भएको र वडा कार्यालय संगको सहकार्यमा मञ्चले आफ्नो गतिविधि सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष के.सी.ले बनेपा–६ को विकासमा साँसद बाँसकोटाको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै भावी दिनमा पनि उहाँको साथ र सहयोग पाउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । वडाको विकासको लागि जस्तोसुकै कदम चाल्न आफु तयार रहेको बताउँदै वडाध्यक्ष के.सी.ले विगतमा १६ सय सिढी निर्माणदेखि वडाको विकासमा सांसद बाँस्कोटाले पु¥याउनु योगदानको प्रशंसा गर्नुभयो ।

वडा सदस्य लालकृष्ण तिमल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्राध्यापक भोला के.सी.ले मातृभक्ति सम्बन्धि कविता वाचन गर्नुका साथै कलाकार धनपति दाहालले विभिन्न प्रस्तुति राख्दै सहभागीहरुलाई छमछम नचाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार