मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


एमसिसि संसदमा ४ गते टेबल हुने संकेत

Thearaniko Times 1369+ समाचार ( )
१ फाल्गुन २०७८, आइतबार

काठमाडौं । सत्ता गठबन्धनका नेताहरूबीच छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी टुंगो लगाउने सहमति भएको छ । समाचारस्रोतका अनुसार शनिबार बसेको गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएको बताइएको छ । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ । सोमबारलाई तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारेर फागुन ४ गते बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न निरन्तर पहल गर्दै आएका थिए । तर सत्तारुढ माओवादी र एकीकृत समाजवादी सहमत भएका थिएनन् । सभामुख सापकोटाले पनि राष्ट्रिय वा सत्तारुढ गठबन्धनमा सहमति नभएसम्म एमसीसी टेबल नगर्ने अडान राख्दै आएका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लामो समयदेखि एमसिसी संसदमा टेबल गर्न मानेका थिएनन्।

तर अमेरिकाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि २८ फ्रेवुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ । बिहीबार मात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर २८ फेब्रअरीसम्म एमसीसीबारे निर्णय दिन आग्रह मात्र गरेनन्, एमसीसी फिर्ता भए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग लिएन भनेर बुझ्ने चेतावनी दिए ।

यसले चर्को दबावमा परेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी संसदमा टेबल गर्न सहमति मागेका थिए । प्रधानमन्त्री देउवाले भनेका थिए, ‘बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस्, उपस्थित भए के गर्ने आफैं निर्णय लिनुस् । तर संसदमा टेबुल गर्नुपर्याे ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतले एमसीसीबारे कुनै सहमति नभएको बताएको थियो । तर कांग्रेस निकट स्रोतले भने एमसीसी टेबलका लागि प्रचण्ड र माधव नेपालसँगै सभामुख पनि सहमत भएको दाबी गरेको छ । स्रोतले भन्यो, पास गर्ने बेला प्रचण्ड, माधव नेपालहरु अनुपस्थित हुने वा के गर्ने भन्ने छलफलमै छ । तर एमसीसी टेबल गर्न दिन उहाँहरु तयार हुनुभएको छ ।

माओवादी केन्द्रका एक उच्च नेताका अनुसार संसदमा एमसिसी टेबल हुने भएपछि माओवादी र एकीकृत समाजवादी दुवै पार्टीका नेताले विरोध गरेर बहिस्कार गर्नेछन् । त्यसपछि उपस्थित सांसदको बहुमतले एमसिसी पारित हुनेछ।

कुनै पनि विधेयक वा प्रस्ताव प्रतिनिधिसभामा पारित गर्न सम्पूर्ण संख्याको एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाका २७५ सदस्यको एकचौथाइ पुग्न ६९ जना उपस्थित भए पुग्छ। संसदमा उपस्थित बहुमत सांसदले मत दिए प्रस्ताव पारित हुन्छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेससँग ६१ सांसद छन्। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि एमसिसीकै पक्षमा छन्। जसपाका २० र लोसपाका १२ सांसद छन् ।

शनिबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै लोसपा अध्यक्ष महन्त ठाकुरले एमसिसी विशुद्ध विकास परियोजना भएकाले यसको विरोध गर्नुको तुक नभएको बताएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असोजदेखि प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ। एमसिसी पेस हुँदै गर्दा एमाले सांसदहरू उपस्थित भएर विपक्षमा मतदान गर्न कठिन हुने प्रधानमन्त्री देउवाको अनुमान छ। एमसिसी पास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्ताव पेस गरेका थिए। सभामुखहरू कृष्णबहादुर महरा र अग्नी सापकोटाले एमसिसी संसदमा टेबल नगरेपछि त्यसै थन्किएको थियो।

एमाले सांसदहरूले कि एमसिसीको पक्षमा मत हाल्छन् कि बैठक बहिष्कार गर्छन् भन्ने सत्ता गठबन्धनको ठम्याइ छ। दुवै अवस्थामा एमसिसी संसदबाट पारित हुन्छ। ‘यसरी एमसिसी पारित गर्न माओवादी र एकीकृत समाजवादीले पक्षमा मत दिन पर्दैन भने कांग्रेसले चाहेअनुसार एमसिसी पारित हुन्छ अनि सत्ता गठबन्धनसमेत टुट्दैन, गठबन्धनका ती नेताले भने।

प्रतिक्रिया

NB २० अशोज २०८०, शनिबार

थुक्क हिन्दुबादी नालायक न्यायलय ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार