मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

घन्टी कांग्रेसको बारे थाहा थियो काभ्रेमा सुर्यमुखी कांग्रेस पनि रहेछ–डा. आरजु राणा देउवा

Thearaniko Times 1398+ समाचार ( )
११ चैत्र २०७९, शनिबार

बनेपा /नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा संघीय संसद डा. आरजु राणा देउवाले काभ्रेमा घण्टी काङ्ग्रेस थिए तर सुर्यमुखी काङ्ग्रेस पनि छ भन्ने थाहा पाउँदा आश्चर्य लागेको बताउनुभएको छ।

आज काभ्रेको बनेपामा तरुण दल जिल्ला कमिटीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै डा. राणाले काभ्रेमा काङ्ग्रेसले सुर्यमा भोट हालेकोले सुर्यमुखी काङ्ग्रेस रहेछन् भनी थाहा पाएको  बताउनु भएको हो । 

मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा काभ्रेको सबै क्षेत्रमा गठबन्धनले जितेको थियोे भने सघीय क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं पराजित हुनु भएको थियो ।

गत निर्वाचनमा यसरी नै भोट अन्त बाँडिनाले  देश भरीका थुप्रै काङ्ग्रेस उम्मेदवार हारेको स्मरण गर्दै नेतृ राणाले अबको काङ्ग्रेसलाई जिल्लामा संगठित गर्न तरुण दल र  नेविसंघको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।  नवनिर्वाचित तरुण दल जिल्ला कमिटीलाई शुभकामना व्यक्त गर्दै ,आगामी निर्वाचनमा घण्टी र सुर्यमा मत नबाँडिने गरि काभ्रे तरुण दललाई  सकृय भएर लाग्न विषेश आग्रह गर्नु भएको छ।

कार्यक्रममा त?ण दलका पूर्व अध्यक्ष उदय शम्शेर राणा, विद्वान गुरुङ, रामहरि खतिवडा लक्ष्मी खतिवडा, नेपाली काभ्रेका सभापति तिर्थ लामा, शिव हुमागाई लगायतका नेताहरुले तरुण दल एक ढिक्का भएर अघि बढ्नु पर्ने धारणा राख्नु भयो । सुजन लामाको नेतृत्वमा ४५ सदस्यीय तरुण दल काभ्रे गठन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार