मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा परिसंवाद

Thearaniko Times 1398+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

काठमाडौं/यही २०८० फागुन ३० गते पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । 

पारिजातको प्रतिमामा माल्यार्पण गरेपश्चात सुरू गरिएको कार्यक्रममा प्रगतिवादी समालोचक निनु चापागाईंसँग करिव दुई घण्टा पारिजात परिसंवाद संचालन गरिएको थियो । पारिजातका जीवन र सिर्जनाका विविध आयामहरूबारे छलफल गरिएको उक्त कार्यक्रममा रामेश, डा. रजनी ढकाल, प्रदीप बमजन, विना थिङ लगायतले जिज्ञासा राख्नु भएको थियो । परिसंवादको सहजीकरण पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले गर्नुभएको थियो । 

प्रगतिवादी समालोचक निनु चापागाईं प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वि.सं. २०८० का लागि स्मृति केन्द्रले प्रदान गर्दै आएका विभिन्न सम्मान एवम् पुरस्कारहरूको पनि घोषणा गरिएको थियो । जसअनुसार  पारिजात बालसाहित्य सम्मान - २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई, पारिजात कला सम्मान - २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान - २०८० बाट कवि शोभा दुलाललाई, पारिजात संघर्षशील नारी सम्मान - २०८० बाट संघर्षशील नारी सम्मान  निर्मला देवि साहलाई समर्पण गर्ने निर्णय गरिएको जानकारी केन्द्र का अध्यक्ष मातृका पोखरेलले दिनुभयो। 

घोषित सम्मान एवम पुरस्कारहरु वि.सं. २०८१ साल वैशाख ५ गते पारिजात स्मृति दिवसमा  समर्पण गरिने जानकारी उक्त कार्यक्रममा केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गराउनुभएको थियो । उक्त कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार