काभ्रेपलाञ्चोक/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले ८४ सम्म माओवादी सरकारमा नजाने र ८४ मा बहुमतसहितको सरकार निर्माण गर्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेले जिल्लाको धुलिखेल नगरपालिकाको सभाहलमा राजनीतिक वैचारिक प्रशिक्षण तथा नवनिर्वाचित पालिका कमिटीलाई बधाई तथा शुभकामना दिन आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले उक्त कुरा बताउनुभएको हो ।
आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा गरेका ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
माओवादी फरक हो भन्ने स्थापित गर्न नसकेको भए पार्टी जोगाउनै नसक्ने खतरा रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको विरुद्ध, सामाजिक न्याय र सुशासनका पक्षमा कार्य गर्नुपर्ने बताउँदै त्यसै अनुरूप काम गर्दा आफूले जनताको झन्डै शतप्रतिशत समर्थन पाएको स्मरण गर्नुभयो। सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानको प्रभावबारे चर्चा गर्दै, आफ्नो प्रधानमन्त्री कार्यकालमा राम्रो गर्न खोजेको आम नागरिकले महसुस गरेको दाबी गर्नुभयो । आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताउनुभयो । समाजवादको यात्रामा फेरि एक पटक साथ दिन उहाँले आग्रह गर्नुभयो।
अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं । पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताउनुभयो । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं ।
हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ । ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्र्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।
उहाँले शान्ति सम्झौतादेखि तेस्रो पटक प्रधानमन्त्रीसम्मको यात्रामा छोरा र छोरीको निधन र श्रीमती गुमाउनुपर्दाको पीडा, दुई छोरीको विवाह भएको हुँदा अहिले घर नजाँदा फरक नपर्ने बताउँदै अभियानमा होमिएको बताउनु भयो । एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले समेत स्वागतका लागि फूलमाला लिएर आउन चाहेको उल्लेख गर्दै, अहिले नागरिकको उत्साह देखेर आफूले जनताबाट ऊर्जा पाएको बताउनुभयो । अहिले आफू जति सकिन्छ पार्टीलाई समय दिने र जनताको काम गर्ने मनस्थितिमा रहेको बताउनु हँदै ै सबैलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिनुभयो। निर्वाचित पदाधिकारीलाई बधाई दिँदै स्थानीय जनप्रतिनिधिहरूको ईद
उहाँले शान्ति सम्झौता देखि तेस्रो पटक प्रधानमन्त्रीसम्मको यात्रामा छोरा र छोरीको निधन र श्रीमती गुमाउनुपर्दाको पीडा, दुई छोरीको विवाह भएको हुँदा अहिले घर नजाँदा फरक नपर्ने बताउँदै अभियानमा होमिएको बताउनु भयो । एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले समेत स्वागतका लागि फूलमाला लिएर आउन चाहेको उल्लेख गर्दै, अहिले नागरिकको उत्साह देखेर आफूले जनताबाट ऊर्जा पाएको बताउनुभयो । अहिले आफू जति सकिन्छ पार्टीलाई समय दिने र जनताको काम गर्ने मनस्थितिमा रहेको बताउनु हँदै ै सबैलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिनुभयो। निर्वाचित पदाधिकारीलाई बधाई दिँदै स्थानीय जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न अपिल गर्नुभयो। साथै, पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई एकसाथ शुभकामना व्यक्त गर्नुभयो ।
स्वागत मन्तव्य पार्टीका केन्द्रीय सदस्य तेजबहादुर मिजारले व्यक्त गर्नुभएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा बागमति प्रदेश इन्चार्ज अग्नि प्रसाद साकोटा र काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद सूर्यमान दोंङ(लालध्वज) लगायतले मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम नेकपा (माओवादी केन्द्र) समन्वय समिति, काभ्रेका अध्यक्ष भोला प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।