मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

नेकपा माओवादी केन्द्र पाँचखाल नगर अधिवेसन संपन्न, अध्यक्षमा गिरी निर्वाचित
नेकपा माओवादी केन्द्र पाँचखाल नगर अधिवेसन संपन्न, अध्यक्षमा गिरी निर्वाचित

Thearaniko Times 1369+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

पाँचखाल । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिको चौथो नगर अधिवेशन रमेशराज गिरीको अध्यक्षतामा ४९ सदस्यीय नगर समिति निर्वाचित गरी संपन्न भएको छ ।

अधिवेशनले महिला उपाध्यक्षमा गिता भट्ट, उपाध्यक्ष हेम बहादुर श्रेष्ठ (प्रविण), उपाध्यक्ष अखिल तामाङ, सचिव गोकुल गुरागाई, सह–सचिव बुद्धि प्रसाद पराजूली र कोषाध्यक्ष नानीमाया तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा पाँचखाल वडा नं. १ बाट सूर्य वहादुर तमाङ, अम्मर वहादुर तमाङ, माया तमाङ, राजन तमाङ, सुनिल कुमार वजगाई रहेका छन् भने वडा नं. २ बाट नारायण ढकाल, तिलकराम सापकोटा, किशोर प्रसाद सापकोटा, पुन्यप्रसाद चौलागाई, अर्जुन विक, वडा नं. ३ बाट मैया अधिकारी, कृष्ण बहादुर सार्की, प्रेम प्रसाद ढुंगाना, वडा नं. ४ बाट सुनमायाँ लामा, हर्क बहादुर पाण्डे, वडा नं. ५ बाट सुमित कुमार तमाङ, राजन सापकोटा, शर्मिला रन्जितकार, अनिता गौतम, बलराम सापकोटा, वडा नं. ६ बाट मछिन्द्र श्रेष्ठ, मन्जु कोइराला, मोहन श्रेष्ठ, शिव कुमारी श्रेष्ठ, हरिवोल सत्याल र वडा नं ७ बाट अरुणा सेवा, वडा नं. ८ बाट छोइसाल लामा रहेका छन् । त्यसैगरी वडा नं. ९ बाट कुसुम श्रेष्ठ, लालबहादुर सार्की, रुद्र बहादुर ठकुरी, वडा नं. १० बाट रमेश प्रसाद चौलागाई, कोपिला माया श्रेष्ठ, भिमसेन पन्त, वडा नं. ११ बाट अच्युत सेढाई, हरि भजन सेढाई, इन्दु लामा, हर्कबहादुर लामा, वडा नं. १२ बाट सुरेस भुजेल, किशोर शाही, हरिगोपाल दनुवार र वडा नं. १३ बाट बालकृष्ण सेढाई र गोपी विसुन्खे रहेका छन् ।

अधिवेशनसंगै माओवादी केन्द्रले वर्तमान सरकारको वेथितिको विरुद्धमा नागरिकलाई सचेत गराउने खबरदारी सभा समेत सम्पन्न गरेको छ । वर्तमान सरकारको कु–शासन, भ्रष्टाचार र बेथितिको विरूद्धमा गरेको खबरदारी सभामा प्रमुख अतिथि माओवादी केन्द्र काभ्रे इञ्चार्ज एवं संविधानसभा सभासद तेजबहादुर मिजार, विशेष अतिथि बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, पूर्व  एवं (माओवादी केन्द्र)का केन्द्रिय सदस्य गंगा बहादुर दोङ(बमध्वज), बागमती प्रदेश सांसद रुकु चौलागाई, माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला अर्याल, प्रदेश समिति सदस्य आइत सिं तमाङ लगायतको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिका अध्यक्ष मणि गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त खबरदारी सभामा पाँचखाल नगर समिति उपाध्यक्ष सरिता तामाङ(शाही)ले स्वागत मन्तव्य राखेका थिए भने नेकपा माओवादी (केन्द्र) काभ्रे जिल्ला समन्वय समितिका सदस्य नारायण ढकालले सञ्चालन गरेका थिए ।

पाँचखालका युवा संघका अध्यक्षसहित युवाहरु माओवादी केन्द्रमा प्रवेश

पाँचखाल । नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिको मंगलवार सम्पन्न भएको चौथो नगर अधिवेशन तथा खबरदारी सभामा पाँचखाल नगरपालिका वडा नं. १० नेकपा एमाले युवा संघका अध्यक्ष सुनिल सापकोटालगायतका युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा सापकोटासंगै वडा नं. ९ बाट नेकपा एमालेको तर्फबाट पूर्व वडा सदस्य राम बहादुर चर्माकार, नेपाली काग्रेसबाट दिपक ढोडारी र पुनमाया श्रेष्ठ नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी विभिन्न पार्टी परित्यात गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नेहरुमा सुकुराम तामाङ, कृष्ण वहादुर तामाङ, राजेश तमाङ, दिनेश तामाङ, सुरज तामाङ, रोहित तामाङ, सुजन तामाङ र सुकु बहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार