मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
पनौतीबाट सुरु भयो नेकपा उम्मेदवार बसुन्धरा हुमागाईको घरदैलो अभियान

Thearaniko Times 1402+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

रयाले । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार बसुन्धरा हुमागाईले पनौती नगरपालिकाबाट घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्नुभएको छ।

प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र अपेक्षा बुझ्ने उद्देश्यले घरदैलो अभियानलाई तीव्रता दिइएको हो। निर्वाचन परिचालन कमिटी काभ्रे क्षेत्र नं. २ का संयोजक टोकबहादुर वाइबाका अनुसार उम्मेदवार हुमागाईले आज बिहान पनौती नगरपालिका अन्तर्गत कुशादेवी बजार क्षेत्रका मतदातासँग भेटघाट गरेपछि वडा नं. १ रयाले पर्खालचौर क्षेत्रमा अभियानलाई निरन्तरता दिनुभएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार हुमागाईले स्थानीय नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको गुनासो, सुझाव तथा आवश्यकता सुन्नुका साथै ती विषयहरूको समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज कुशादेवी, रोशी र कलाँती भूमेडाँडा क्षेत्रका मतदातासँग भेटघाट तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन परिचालन कमिटीले जनाएको छ।

यसअघि उम्मेदवार हुमागाईको टोलीले बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका तथा बनेपा नगरपालिका अन्तर्गत नाला क्षेत्रका मतदातासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरिसकेको थियो। आजबाट पनौती नगरपालिकामा केन्द्रित भएर अभियान अगाडि बढाइएको हो।

अभियानका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार हुमागाईलाई भव्य स्वागत गर्दै उहाँलाई जनताका पक्षमा उभिने उम्मेदवारको रूपमा समर्थन जनाएका छन्। मतदाताहरूले आगामी निर्वाचनमा बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्।

घरदैलो अभियानमा नेकपाका नेता टोकबहादुर वाइबा, प्रदेश सांसद रुकु चौलागाईं, लक्ष्मण लम्साल, भोला अर्याल, गोकुल गौतम लगायतका नेताहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार