कठमाडौ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रीजको आयोजनामा ‘सिंगरः सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको छ । नेपालमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिका सञ्चालक श्याम धितालले जानकारी दिए ।
शोमा सहभागी हुनेले भाषाको दायरा तोडेर नेपालका प्रमुख ६ वटा भाषामा गीत गाउनुपर्नेछ । नेपाली गीत संगीतमा यसअघि नै चर्चा बटुलिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन् । शोमा विजेताले २५ लाख नगद पुरस्कारसहित कार पाउने छन् भने गीति एल्बम पनि आउनेछ ।
आगामी नयाँवर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको र ‘सिंगर’ एउटा फरक शो हुने धितालको दाबी छ ।