मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

फोनिज काभ्रेको मोजो तालिम शुरु

Thearaniko Times 1398+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काभ्रे/  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा ४ दिने मोजो तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा मोबाइल पत्रकारिता (डिजिटल मिडिया) सम्बन्धी चार दिने तालिम शुभारम्भ भएको छ ।

कार्यक्रम फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामा संघर्षको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै लामाले छापा पत्रकारिता गर्दै आएकोमा यस मोबाईल पत्रकारिता तालिमले थप उर्जा मिलेको बताए । यस तालिमले प्रविधि पत्रकारिता गर्नेलाई सिक्ने अवसर मिलेको र यस किसिमको प्रविधिलाई सदुपयोग गर्न अनुरोध समेत गरेका थिए । उनले मोजो तालिमले सूचना प्रविधिसँग राम्रो पहुँच हुने भएकोले आफुले तालिममा सिकेको प्रविधिलाई सिरानीमा होइन व्यवहारमा उतार्दै लैजान अनुरोध गरेका थिए । मोजो तालिमले नयाँ नयाँ प्रविधि अनलाइन, भिडियो तथा फोटो पत्रकारलाई थप टेवा पुगेको समेत बताए ।

पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यम सम्बन्धि तालीम आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु सह्रानिय भएको बताए । 

कार्यक्रम जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सदस्य रकमराज तामाङले संचालन गरेका थिए । आनन्द कुमार श्रेष्ठ प्रमुख प्रशिक्षक, प्रकाश चन्द्र जिम्बा र अमरदिप श्रेष्ठ प्रशिक्षक रहेको तालिममा काभ्रे जिल्लाका २० जना सहभागी रहने अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए । तालिम जेठ १४ देखि १७ गते सम्म चल्ने उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार