मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

सडक सुधारको लागि आमरण अनशनमा बसे समन्वय प्रमुख गौतम

Thearaniko Times 1398+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

धुलिखेल । धुलिखेल–खावा सडक बिस्तारमा भैरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले आज दिउँसोदेखि आमरण अनशन सुरु गरेका छन् ।गौतमले आज अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका हुन् ।

अनसनमा बस्नुपर्नाको कारण बताउँदै समन्वय प्रमुख गौतमले आफुले सम्बन्धित् निकायको पटक पटक ध्यानाकर्षण गराएको, प्रधानमन्त्रीलाई समेत अनुरोध गरेको अवस्थामा पनि सडक बिस्तारमा ढिलाइ भएका कारण अनसन शुरु गरेको जानकारी दिनुभयो। गौतमले आफु समन्वय प्रमुखको हैसियतमा नभै जिम्मेवार नागरिकको हैसियतले अनसन बसेको बताउनुभयो। भौतिक मन्त्री असक्षम रहेको भन्दै डिभिजन कार्यालयको कर्मचारी हाजिर गर्ने बाहेक जनताको काममा ध्यान नदिएकोमा आक्रोस व्यक्त गर्नुभयो।

धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक बिस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैंछ । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रा.लि.बीच सम्झौता भएको थियो । २०७९ जेठ २० गते भएको सम्झौता अनुसार सडक बिस्तारको काम हुन सकेको छैन् ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रूख काट्नुपर्ने र सडकमा पर्ने विद्युतको खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको बताइएको छ। 

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत–सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो। तैपनि आलटाल गरेपछि जिल्ला समन्वय समितिको समन्वयमा पुनः सर्वपक्षीय बैठक बोलाएर यथाशीघ्र काम सुरु गर्न अनुरोध गरेका थिए।

काम नगरेको र सडक अलपत्र पारेको भन्दै केही समयअघि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलबाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कैयौँको अंगभंग भएको भन्दै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरीसमेत दिएका थिए।

निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लि.ले अहिलेसम्म एक तिहाई काम मात्र गरेको छ । भ्याट र पी एस बाहेक २० करोड, १९ लाख, ४६ हजार, ५०१.२१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार