मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

विपक्षी दलको बैठकमा संसद बैठक बोलाउन माग गर्ने निर्णय
विपक्षी दलको बैठकमा संसद बैठक बोलाउन माग गर्ने निर्णय

Thearaniko Times 1398+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं । विपक्षी दलको आज बसेको बैठक संसदको बैठक बोलाउन दबाब दिने निर्णय गदै संपन्न भएको छ ।

माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । सरकारले संसद बैठक बोलाउन आनाकानी गरेकोले विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको बताइउको छ । ‘छिटोभन्दा छिटो सदन चलाउ भन्ने । सरकारले संसद बोलाएन भने विशेष अधिवेशनका बोलाउन विपक्षी दल लाग्ने निर्णय भएको बैठकमा सहभागी रास्वपाका कार्यवाहक अध्यक्ष डि.पि. अर्यालले जानकारी दिए । 

‘सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढ्यो । सरकारको कदमको विरुद्धमा प्रतिपक्ष सबै दल एकवद्ध हुनुपर्छ भन्ने कुरा भयो । मुल्यवृद्धि नियन्त्रण हुन सकेन, अर्यालले भने,‘छिमेकसँगको सम्बन्ध बिगारेको बारे कुरा भयो । संसदीय समितिमा दुई तिहाइको सरकारले कोरम पु¥याउँदैन । अर्थतन्त्र झन् झन् कमजोर भयो । रास्वपा सभापति रवि लामिछाने माथि प्रतिशोध साधिएको धारणा सबै नेताले राखेको अर्यालले दाबी गरे ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

वपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार