मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

सहकारी
मिलेनियम बचत सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

Thearaniko Times 1398+ समाचार ( )
५ अशोज २०८२, आइतबार

बनेपा (काभ्रे) — मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सभाको अध्यक्ष मुन्यश्वर कायस्थको सभापतित्वमा भएको कार्यक्रममा सचिव श्रीकृष्ण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

सो अवसरमा कोषाध्यक्ष राजिब लामाले आर्थिक प्रतिवेदन, सचिव श्रीकृष्ण श्रेष्ठले बार्षिक गतिविधि प्रतिवेदन, र लेखा प्रतिवेदन मैया पोखरेल केसीले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनहरू सभाले अनुमोदन गरेको छ भने आगामी कार्ययोजना र लक्ष्यबारे सदस्यहरूबीच सक्रिय बहस–चर्चा भएको थियो।

सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वमा कृष्ण कुमार भण्डारी अध्यक्ष, मुनेश कायस्थ उपाध्यक्ष, सुनिता तिमल्सिना सचिव, कान्छामान तामाङ कोषाध्यक्ष, र मैया पोखरेल केसी, रामलाल मानन्धर तथा लक्ष्मी बल तामाङ सदस्य रहेका छन्। लेखा समितिमा मनिष कायस्थ संयोजक, सुरज घिमिरे र रिना लामा चयन भएका छन्।

सभामा सहभागी सदस्यहरूले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै सहकारीलाई पारदर्शी, सक्षम र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सहकारी आन्दोलनलाई बलियो बनाउन सदस्यहरूको सक्रियता र विश्वास अपरिहार्य भएकोमा पनि जोड दिएका छन्।

संस्थाले १५ वर्षको अवधिमा ५६ लाख शेयर पुँजी र ४ करोड बचत संकलन गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा सदस्यहरूको सहभागिता र बचत संकलनमा उल्लेखनीय वृद्धि भएको छ भने विभिन्न कार्यक्रम र सेवाहरू मार्फत समुदायमा आर्थिक जागरूकता र सहकारीको प्रभाव विस्तार भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार