मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ संपन्न

Thearaniko Times 1402+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलको २३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका साथ आज संपन्न भएको छ।

प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा खेलकुदका ४४ विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै २ सय ९९ वटा गोल्ड मेडल प्रदान गरिएको थियो।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठले विद्यालयहरुका चुनौती, बालबालिकाहरुको सिकाई अवस्था र विद्यालय संचालकहरुले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । 

विद्यालयका निर्देशक कृष्ण भण्डारी शिशिरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका अध्यक्ष श्याम भुजेल, नीजि गुठीका सरोज न्यौपाने, प्याब्सन बनेपाका नारायण जोशी, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका बाग्मती प्रदेशका पुर्व अध्यक्ष दुर्गा सिं तामाङ, जिल्ला अध्यक्ष चेत लामा, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठ लगायतले विद्यालयले पछिल्लो अवस्थामा शिक्षण सिकाई विधि र अवस्थामा परिवर्तन गर्दै बालबालिकाहरुको चाहना अनुसारका शिक्षा प्रदान गर्नुपर्ने धारणा राखेका थिए ।

शिक्षक दिपक तामाङले संचालन गरेको उक्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न नाच, नाटक प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा एसइइ-२०७९ समूहका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालयले गठन गरेका चारवटा समुह रातो, पहेंलो, हरियो र निलो मध्ये यो वर्ष हरियो समुह उत्कृष्ट भई ट्रफि र ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । जुन समुहमा आवद्ध विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा धेरै मेडलहरु जितेको हुन्छ त्यहि उत्कृष्ट हुने गरी समुहहरु विभाजन गरिएको थियो । यो वर्ष ग्रिन हाउसमा सहभागी भएका विद्यार्थीहरुले धेरै मेडलहरु जितेर उत्कृष्ट भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार