मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

भ्रमको पछि नलाग्न उम्मेदवार लम्सालको आग्रह

Thearaniko Times 1398+ समाचार ( )
१३ कार्तिक २०७९, आइतबार

पाँचखाल/नेकपा (एकीकृत समाजवादी) काभ्रेबाट प्रतिनिधि सभा२ को प्रदेश सभा २ का उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धनको सरकारले काभ्रेको सडक याेजनाका बजेट नकाटिएको बताउँदै भ्रमपुर्ण समाचारकाे पछि नलाग्न आग्रह गर्नु भएको छ।

काभ्रेकाे पाँचखालमा आयाेजित अगुवा कार्यकर्ता भेटघाट तथा काेणसभालाई सम्बाेधन गर्दै उम्मेदवार लम्सालले कार्यकर्तालाई भ्रम सिर्जना हुने गरि भईरहेकाे प्रचारबाजीमा कुनै सत्यता नभएको बताउनु भयाे । केहीदिनदेखि सामाजिक संजाल , केही पत्रपत्रिका र अनलाइनहरुमा तथ्य विहिन समाचार आईरहेका छन । त्यसमा कतिपय सडकका नाम कपाेलकल्पित र नामै नसुनेका छन् । ती सडककाे बजेट गठबन्धन सरकारले काट्याे भनी आराेप लगाउनु विपक्षीले आफ्नो गल्ती छाेप्ने प्रयास गरेकाे उहाँकाे भनाइ छ।

मण्डनदेउपुरमा नामै नभएको फर्जि नाम सिर्जना गरि सडकको नाम राखिएको छ , अब त्यो मैले पत्याउने कि नपत्याउने । म आफै अचम्मित भएको छु । आवधिक , सालबसालि र बहुवर्षिय गरि तीन प्रकारका विकास योजना हुन्छन् । ती याेजनाहरु कुन प्रकारका हुन् , त्यस्तो प्राविधिक र वस्तुगत कुरा नबुझि गरिएको प्रचारको पछि लाग्न हुन्न,- उम्मेदवार लम्सालको भनाइ थियो।

प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले गठबन्धनको सरकारले काभ्रेमा सडक कटौती गर्यो भन्नु हास्यास्पद मात्रै रहेको बताउनुभयो । गठबन्धनको सरकार आएपछि गरेका राम्रो काम ओझेलमा पार्न विपक्षी अनावश्यक हल्ला फैलिएको लम्सालको भनाई थियो ।

कार्यक्रममा समानुपातिक उम्मेदवार मिना तामाङ, लक्ष्मी दनुवार र कल्पना श्रेष्ठ सहभागी हुनुहुन्छ । त्यस्तै जिल्ला नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत गठबन्धन दलका जिल्ला, नगरपालिका र वडा स्तरिय नेताहरू सहभागी थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार