मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

राजनीति/विचार
लोकप्रियताबाट सत्तासम्म, र सत्ताबाट संकटसम्म

Thearaniko Times 1398+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

यतिबेला विश्व राजनीतिलाई हेर्दा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको यात्रा विशेष रूपमा सम्झन लायक देखिन्छ। कुनै समय उनी युक्रेनका चर्चित हास्य कलाकार थिए। टेलिभिजनका पर्दामा उनले निभाएको भूमिकाले उनलाई जनमानसमा अत्यन्त लोकप्रिय बनाएको थियो। विशेषगरी Servant of the People नामक टेलिश्रृंखलामा उनले भ्रष्टाचारविरुद्ध उभिएको एक इमानदार र शक्तिशाली नेताको भूमिका खेले। त्यो कथा कल्पनामा आधारित भए पनि जनताले त्यसै पात्रलाई वास्तविक जीवनको नायकका रूपमा ग्रहण गरे।

उक्त धारावाहिकमा उनीलाई देश सुधार्न सक्ने आदर्श राष्ट्रपतिको रूपमा प्रस्तुत गरिएको थियो। अभिनयमार्फत निर्माण गरिएको त्यो छविले उनीलाई लगभग ‘उद्धारकर्ता’ जस्तै बनायो। यही लोकप्रियताले उनलाई वास्तविक राजनीतितर्फ धकेल्यो— या भनौँ, राजनीतिले नै उनलाई प्रयोग गर्‍यो। जनताको उत्साह, आक्रोश र परिवर्तनको चाहनालाई बोकेर उनी निर्वाचनमा होमिए र अपेक्षाकृत भारी मतसहित राष्ट्रपतिको कुर्सीमा पुगे।

तर समस्या यतैबाट सुरु भयो। पर्दामा देखिएको नायक र वास्तविक राजनीतिमा आवश्यक नेता एउटै हुँदैनन्। जेलेन्स्कीमा देश हाँक्ने तीव्र चाहना त थियो, तर राज्य सञ्चालनका लागि आवश्यक राजनीतिक परिपक्वता, भूराजनीतिक समझदारी र कूटनीतिक संयमको गहिरो अभाव देखियो। विश्व शक्ति सन्तुलन, क्षेत्रीय राजनीति र छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्ध बुझ्न नसक्दा उनले एकपछि अर्को गलत निर्णय गरे।

विशेषगरी शक्तिशाली छिमेकी रुससँगको सम्बन्ध सन्तुलनमा राख्न नसक्नु, र अर्कोतर्फ पश्चिमी शक्तिहरूको रणनीतिक खेललाई समयमै बुझ्न नसक्नु युक्रेनका लागि घातक सावित भयो। लोकप्रियताले ढाकिएको दृष्टिले उनले आफू कसको एजेन्डामा प्रयोग हुँदैछु भन्ने कुरा गम्भीर रूपमा आत्मसमीक्षा गर्न सकेनन्। आलोचना सुन्ने, फरक सुझाव ग्रहण गर्ने र जोखिम मापन गर्ने क्षमता क्रमशः कमजोर बन्दै गयो।

यसको परिणाम आज सबैका सामु छ। कुनै समय शान्त र सम्भावनायुक्त देखिएको युक्रेन युद्धको चपेटामा परेर तहसनहस बनेको छ। ऐतिहासिक संरचना ध्वस्त भएका छन्, लाखौँ नागरिक विस्थापित छन्, अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ। युद्धमा सहयोग गर्ने भनिएका शक्तिहरूले सहायता सँगै आफ्ना शर्तहरू पनि थोपरेका छन्— खनिज स्रोतदेखि रणनीतिक प्रभावसम्म। देशको ठूलो भूभाग नियन्त्रण बाहिर पुगेको छ र जनतामा निराशा, भय र अभाव गहिरिँदै गएको छ। यस्तो अवस्थामा राष्ट्रपति स्वयं पनि आफ्नै देशमा सुरक्षित अनुभूति गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

यी सबै घटनाक्रमले एउटा गहिरो पाठ सिकाउँछन्— देश हाँक्न केवल लोकप्रियता, हुटहुटी र भावनात्मक आवेग पर्याप्त हुँदैन। राष्ट्र नेतृत्वका लागि दीर्घदृष्टि, परिपक्व राजनीतिक चेत, संयमित निर्णय क्षमता र सन्तुलित कूटनीतिक समझ अत्यावश्यक हुन्छ। अभिनयले बनाएको छवि र वास्तविक राज्य सञ्चालनबीचको अन्तर बुझ्न नसक्दा एक व्यक्तिको कमजोरीले सिंगो देशले ठूलो मूल्य चुकाउनुपर्छ।

युक्रेनको उदाहरण केवल त्यहाँको कथा होइन; यो विश्व राजनीतिका लागि चेतावनी हो। भावनामा आधारित नेतृत्व, व्यक्तिपूजाको राजनीति र तात्कालिक लोकप्रियताले दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न सक्दैन। राष्ट्र सञ्चालन गम्भीर जिम्मेवारी हो— जहाँ गल्तीको मूल्य इतिहास, भूगोल र पुस्ताले चुकाउनुपर्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार