मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

साहित्य-कला
बनेपा–६ मा वडा सांस्कृतिक मञ्चको दोस्रो अधिवेशन, कला–संस्कृतिलाई विकासको आधार बनाउने प्रतिबद्धता

Thearaniko Times 1402+ समाचार ( )
४ माघ २०८२, शनिबार

बनेपा । ‘हाम्रो कला, संस्कृति र संस्कार–समाज रूपान्तरणको मूल आधार’ भन्ने मूल नाराका साथ वडा सांस्कृतिक मञ्च बनेपा–६, बुडोलको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनले लोक–दोहोरी गायक धनपति दाहालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा श्रवणकुमार रिमाल, सचिवमा सुदिप पौडेल, कोषाध्यक्षमा अम्बिका आचार्य तथा सदस्यहरूमा इन्दिरा बस्नेत, चेतनाथ मिश्र र खुस्बु लामा रहेका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष सचितानन्द के.सी.ले वडाभित्र रहेका कला, संस्कृति र मौलिक परम्पराको जगेर्ना तथा संरक्षण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए। उनले वडाभित्र लुकेर रहेका प्रतिभालाई पहिचान गरी बाहिर चिनाउने काममा वडा सांस्कृतिक मञ्चले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

वडाध्यक्ष के.सी.ले विकासलाई केवल सडक, ढल र खानेपानीजस्ता भौतिक पूर्वाधारमा सीमित गरेर हेर्न नहुने धारणा राख्दै भने, “भौतिक संरचना निर्माण हुनु मात्रै विकास होइन, नागरिकको स्वास्थ्य, मनोरञ्जन र सांस्कृतिक पहिचानको संरक्षण पनि विकासका अभिन्न अंग हुन्।”

उनले वडाभित्र कला, साहित्य, संगीत तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै यसले युवालाई सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्नुका साथै सामाजिक सद्भाव र पहिचानलाई बलियो बनाउने बताए।

खानेपानीको विषयमा वडाध्यक्ष के.सी.ले आगामी तीन महिनाभित्र वडाभित्र खानेपानीको समानुपातिक वितरण सम्पन्न गरिने स्पष्ट पारे। उनका अनुसार जिल्लाका १३५ वडामध्ये बनेपा–६ खानेपानी आपूर्तिको व्यवस्थित व्यवस्थापनमा पहिलो वडा बन्ने तयारीमा छ। हाल अन्तिम चरणका प्राविधिक तथा व्यवस्थापकीय काम तीव्र गतिमा अगाडि बढिरहेको उनले जानकारी दिए।

यसैगरी वडाभित्र सडक, नाली, ढल, सार्वजनिक संरचना लगायतका भौतिक पूर्वाधारसम्बन्धी अधिकांश विकास निर्माणका काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी काम पनि निर्धारित समयमै पूरा गरिने लक्ष्यसहित वडा कार्यालय सक्रिय रूपमा लागेको उनले बताए।

अन्त्यमा वडाध्यक्ष के.सी.ले समावेशी, दिगो र जनउत्तरदायी विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको सहकार्य बिना समग्र विकास सम्भव नहुने उल्लेख गरे।

कार्यक्रममा पूर्व वडाध्यक्ष भैरव केसी, जेष्ठ नागरिक वडा मञ्चका अध्यक्ष शिवहरी दाहाल, ज्ञानबहादुर लामा लगायतले नवगठित कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा वडाध्यक्ष सचितानन्द के.सी., लोकदोहोरी प्रतिष्ठान काभ्रेका कोषाध्यक्ष यादव कोइराला तथा सञ्चारकर्मी पुजन धिताललाई सम्मान गरिएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरूले गीत, नृत्य तथा लोकदोहोरी प्रस्तुत गरेका थिए भने कार्यक्रमको सभापतित्व श्रीकृष्ण थापा मगरले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार