रोशी/गएराति काभ्रेपलञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ५ डुम्बलमा राती कुटपिट गरी चोरी गर्ने दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
राति साढे ११ बजेतिर कामी सिं लामा र उहाँका श्रीमती माया लामालाई घरको खुल्ला झ्यालबाट तीन जना छिरेर रडले हानेर घाइते बनाएका थिए।
कामी सिंलाई रड र घरेलु हतियारले आक्रमण गरेको र श्रीमतीको मुखमा खादा बानी सुन तथा नगद लुटेर भाग्ने क्रममा स्थानीयले घेरा हाली पक्राउ गरी प्रहरीको बुझाएका हुन् ।
सम्पत्ति लुटेर भाग्ने क्रममा रोशी गा.पा.वडा नं. -६ नवल वर्ष -२८ को बिजय लामा र रोशी गा.पा. वडा नं.-८ खार्पाचोकका वर्ष २४ को राजन तामाङललाई स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। साथै डकैतीमा संलग्न महाभारत गा.पा. -३ फोक्सिङटार ठाडे बस्ने अन्दाजी वर्ष २६ को राजेश लामा र पाँचखाल नगरपालीका वडा नं. नखुलेको २५ वर्षको कुमार लामा फरार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । फरार रहेका ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने ब्यक्तिहरुबाट प्रहरीले प्र.३-०२-०१४ प ३५१९ को रातोकालो मोटरसाइकल र बाग्मती प्रदेश ०२-०३७ प ६११५ नं. को रातोकालो रङ्गको स्कुटर समेत नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ । मोटरसाइकल र स्कुटरका चालक राजन तामाङ र बिजय लामा भए पनि सवारी चालकको धनी भने उनीहरुको दाजु रहेको बताइएको छ ।
लामाको घरबाट कति नगद र सुन चोरी भयो भने एकिन नभईसकेको प्रहरीले बताएको छ । हाल घाइते धुलिखेल अस्पतालमा उपचार गराइरहेको छ ।
यसैबीच रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले
आज बिहानै घाइतेहरुको उपचार भैरहेको धुलिखेल अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य अबस्थामा बुझि उपचारको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो। उहाँले आपराधिक घटनाले अत्यन्तै चिन्तित र गम्भीर बनाएको भन्दै यस्ता आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन र घाइतेहरुको उपचारको लागि गाउँपालिका सक्रियताको साथ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोषीमाथ कडाभन्दा कडा कार्बाहीको माग स्थानीयहरुले गरेका छन् ।