मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नवनिर्वाचित पदाधिकारीको पदस्थापन संपन्न
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको नवनिर्वाचित पदाधिकारीको पदस्थापन संपन्न

Thearaniko Times 1398+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

हेटौँडा/नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई पदस्थापन संपन्न भएको छ। मंगलबार बिहान हेटौँडा–११ स्थित महासंघको कार्यालय परिसरमा निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष र महासचिवको पदभार ग्रहण गराइएको हो । 

निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष शिव देवकोटाको पनि उपस्थिति रहेको थियो । मंसीर २८ गते सम्पन्न निर्वाचनबाट मकवानपुरका कृष्ण सारु मगरको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

पदस्थापन समारोहलाई सम्बोधन गर्नुहुँदै कृष्ण सारु मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्नुहुँदै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका निर्वाचन समिति संयोजक प्रताप विष्टले तीन पटक मिति तय भएर पनि निर्वाचन हुन नसक्दा कमजोर बनेको महासंघ निर्वाचन सम्पन्न भएसँगै सवल देखिएको बताउनुभयो । उहाँले महासंघको गरिमा रहने गरी नवनिर्वाचित समितिले काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेश समिति कान्छो समिति समेत भएकोले काम, गर्न, गराउन चुनौति रहेको उहाँको भनाइ थियो । कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार