मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा ट्रेड युनियन कांग्रेसको विभिन्न कार्यक्रम

Thearaniko Times 1369+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

बनेपा/नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेपलान्चोक जिल्ला कार्यसमिति र बनेपा नगर कार्यसमितिले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति र बनेपा नगर कार्यसमितिको संयुक्त आयोजनामा १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रभातफेरी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

बनेपाको पार्टी भेन्युबाट चारदोबाटोसम्म र्याली गरे पश्चात् पार्टी भेन्युमा नै आएर प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले कांग्रेसमा आवद्ध विभिन्न श्रमिक संघ, संगठनका प्रतिनिधिहरुले ट्रेड युनियन अभियान कमजोर भएको कारण श्रमिकहरु मर्कामा रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थबहादुर लामा, जिल्ला सदस्य एवं भातृ तथा शुभेच्छुक संघ संस्था विभाग प्रमुख राम जोशी, जिल्ला सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख सन्तोष गौतम, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका सभापति प्रेमराज शर्मा वाग्ले, नेपाली कांग्रेस बनेपा सभापति महेश कर्माचार्य, ट्रेड युनियन कांग्रेस बनेपा सभापति संगम थापा लगायतले ट्रेड युनियन अधिकार प्राप्त गर्न सबै क्षेत्रको सहयोग र साथ आवश्यक रहेको बिचार राख्नुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला उप- सभापति ठाकुरप्रसाद न्यौपाने, सचिव माधव ढकाल, सह-सचिव समीर ब्यान्जु, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, नेपाली कांग्रेस बनेपा-११ को सभापति तथा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला उपाध्यक्ष राजेन्द्र थापा, नेपाल तरुण दल काभ्रे प्रदेश २ ख सभापति नहकुल केसी नेपाल शिक्षक संघ संघीय प्रतिनिधि राजकुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार