मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

सहिद सप्ताह अन्तर्गत सहिद परिवारजनलाई सम्मान
सहिद सप्ताह अन्तर्गत सहिद परिवारजनलाई सम्मान

Thearaniko Times 1369+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

काभ्रे/नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेको आयोजनामा आज फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने क्रममा पहिलो दिन सहिद परिवार भेटघाट एबम सम्मान कार्यक्रम बनेपामा  सम्पन्न भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कमरेड कान्छाराम सी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहिद कमरेड च्याङ्ग्वा लामाको छोरीहरु रामसली लामा एबम मसली लामा, सहिद कमरेड केनाम घिसिङ्गको बुवा हिराकाजी घिसिङ्ग, सहिद कमरेड इन्द्रबहादुर तामाङ्ग "गोरख" को जीवन सङ्गीनी डोल्मु तामाङ्ग, सहिद पुतली बिकको दाजु कमरेड बिस्णु सी, सहिद कमरेड सुर्यमान तामाङ्गको जीवन सङ्गीनी छिरिङ्ग डोल्मा सीलाई सम्मान पत्र, एबम दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

सम्मान पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी कमरेड कान्छाराम सिले सहिदले देखाएको बाटोलाई पूरा गर्न पार्टी लागि परेको कुरा बताउनु भयो । 

सम्मान पत्र बाचन गर्दै पार्टीका केन्द्रीय सदस्य एबम काभ्रे जिल्ला इन्चार्ज कमरेड बिन्दु सी ले नेपालको क्रान्तिकारी आन्दोलनमा सहिदपरिवारको योगदान अमुल्य रहेको बताउँदै ती योगदानलाई महासचिव कमरेड बिप्लवको नेतृत्वमा समाजवाद स्थापना गर्न भुमिका खेलिरहेको बिचार राख्नुभयो ।  

पार्टीका केन्द्रीय  सल्लाहकारद्वय क. दिपक जङ्गम सी र कमरेड सिद्धीबहादुर सी ले सहिद परिवारजनलाई दोसल्ला ओडाउदै एकीकृत जनक्रान्तिले मात्र सहिदको सपना पुराहुने बताउनु भयो । 

सहिदप्रति १ मिनेट मौनधारण गरि शुरु भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला सेक्रेटरी कमरेड जितबहादुर सी को अध्यक्षता, स्वागत मन्तव्य पार्टीका जिल्ला सचिवालय सदस्य एबम बनेपा इन्चार्ज  कमरेड रामहरी सी र कार्यक्रमको संचालन  केन्द्रीय प्रतिनिधि सदस्य कमरेड पुर्णमान सीले गर्नु भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड होमराज सी,  सहिद परिवारको तर्फबाट सहिद  कमरेड इन्द्रबहादुर तामाङ्ग "गोरख" को जीवन सङ्गीनी डोल्मु तामाङ्गले तामाङ्गले समेत  मन्तब्य राख्नुभएको थियो  ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार